हुम्ला । हुम्लाको सिमकोटमा बाक्लो हिमपात भएको छ । उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहीबार बिहानैदेखि हिमपात भएको हो ।
सदरमुकाम सिमकोटमा अहिले हिउँ एक इन्चसम्म जमेको बताइएको छ । नाम्खा गाउँपालिकाका सबै वडामा हिमपात भइरहेको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।
लिमीमा दुई इन्चभन्दा बढी हिउँ जमिसकेको छ । हिउँपर्ने क्रम नरोकिएको र उच्च हिमाली भेग न्यालु, नारा, लाप्चा क्षेत्रमा बाक्लो हिउँ परिरहेको उनले बताए ।
यसवर्ष जिल्लामा पाँचाँैं पटक हिमपात भएको हो । यसवर्षको पहिलो हिमपात गत मंसिर ११ गते भएको थियो ।






