पोखरा । पोखरास्थित पृथ्वीनारायण क्याम्पसको प्रमुखमा प्राडा हरिप्रसाद पाठक नियुक्त भएका छन् ।
आइतबार बसेको त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले पाठकलाई देशकै ठूलो आंगिक पृथ्वीनारायण क्याम्पसको प्रमुखमा नियुक्त गरेको हो ।
उनको बुधबार पदस्थापन समेत भएको छ ।
प्राडा पाठक पृथ्वीनारायण क्याम्पसमा २०५१ देखि प्राध्यापनरत छन् । उनले त्रिविमा व्यवस्थापन विषयमा विद्यावारिधि गरेका हुन् ।
ताप्लेजुङको सिनाममा जन्मिएका पाठक हाल पोखरा-५ मा बसोबास गर्दै आएका छन् ।






