• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

महिला विश्वकप क्रिकेटः बंगलादेशबिरुद्ध नेपालको खराब प्रदर्शन

नीतिप्रेस by नीतिप्रेस
January 18, 2025
in खेलकुद समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । आईसीसी यू-१९ महिला विश्वकप टी-२० क्रिकेट आजदेखि मलेसियामा शुरु भएको छ । पहिलो पटक विश्वकपमा पुगेको नेपाली महिला टिमले आज बंगलादेशसँग खेल्दैछ । नेपाल र बंगलादेशबीचको खेल केहीबेर अघि शुरु भएको छ ।

नेपालले टस हारेर व्याटिङमा उत्रिएको छ भने खराब प्रदर्शन गरेको छ । नेपालले सुरुआतमै दुई विकेट गुमाएको छ । सात ओभरको समाप्तिमा दुई विकेट बनाएर १५ रनमात्र बनाउन सकेको छ । सन् २००७ बाट अन्तर्राष्ट्रिय महिला क्रिकेट थालेको नेपालको यो पहिलो ठूलो सहभागीता हो ।

नेपालले बंगलादेशसँग एक पटकमात्र खेलेको छ । गत महिना मलेसियामा नै आयोजना भएको यू-१९ एसिया कपमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएको थियो ।

नेपालको समूहमा बंगलादेशसँगै अष्ट्रेलिया र स्कटल्याण्ड रहेका छन् । नेपालको लक्ष्य सुपर सिक्समा पुग्नु रहेको छ ।

त्यसका लागि नेपालले सुखद शुरुआत गर्नुपर्नेछ । नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्यान्डसँग र तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ । सबै खेल दिउँसो १२ः१५ बजे नै शुरु हुनेछन् ।

यो विश्वकपमा १६ राष्ट्र सहभागी छन् । चार समूहमा विभाजन गरी आपसमा खेलाई हरेक समूहका शीर्ष तीन टिम सुपर सिक्समा पुग्नेछन् ।

१६ बाट १२ मा झारिएपछि दुई समूह हुनेछ । पहिलो समूहमा पहिलो चरणको समूह ए र डीका शीर्ष तीन टिम हुनेछन् भने दोस्रो समूहमा समूह बी र सीका टिम रहने छन् ।

सुपर सिक्सका दुवै समूहका दुई टिम सेमिफाइनलमा पुग्नेछन् । एउटा समूहको शीर्ष टिमले दोस्रो समूहको दोस्रो टिमसँग सेमिफाइनल खेल्नेछ । फाइनल खेल आगामी २ फेब्रुअरीमा हुनेछ ।

Previous Post

म्याग्दीमा जीप दुर्घटना, चालक तेजेन्द्र खत्रीको मृत्यु

Next Post

रुखले च्यापेर शाहीको मृत्यु, एक गम्भीर

Next Post

रुखले च्यापेर शाहीको मृत्यु, एक गम्भीर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन