पोखरा । पोखराको प्रस्याङमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं १ का १९ वर्षीय आविष्कार गुरुङ र तनहुँ घर भई हाल पोखरा-२ अर्चलबोट बस्ने १८ वर्षीया अपेक्षा थापा मगर छन् ।
उनीहरुको सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बागलुङ बसपार्कबाट जिरो किमीतर्फ आउँदै गरेको ग२१प ७३८ नम्बरको स्कुटर सडक डिभाइडरमा ठोक्किएर पल्टिएको अवस्थामा वाग्मती प्रदेश ०१-००१ य १६३२ नम्बरको स्कारपियो गाडीले ठक्कर दिएको थियो ।
दुवै सवारी साधन र स्कारपियो चालक काठमाडौं बुढानीलकण्ठका ४३ वर्षीय अरुण राईलाई वडा प्रहरी कार्याले बैदामले नियन्त्रणमा लिएको छ ।






