• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा ‘घर-घरमा प्रहरी’ अभियान शुरु [तस्बिरहरु]

नीतिप्रेस by नीतिप्रेस
January 27, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । वडा प्रहरी कार्यालय बैदामले ‘घर-घरमा प्रहरी’ अभियान शुरु गरेको छ । होटल प्रतिनिधि समाजको सहकार्यमा वडाबासीको सुरक्षालाई प्राथमिकता दिँदै पर्यटकीय क्षेत्र लेकसाइडबाट अभियान शुरु गरेको हो ।

पोखरा-६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईको अध्यक्षतामा भएको अभियान उद्घाटन कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले गरे ।

कार्यक्रममा ओलियाले अभियानले नागरिक र प्रहरी बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे । उनले बैदामबाट सुरु गरिएको अभियान आगामी दिनमा कास्की जिल्लाभर विस्तार गरिने बताए ।

नागरिकको शान्ति सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यले थालिएको यो प्रयासले प्रहरीप्रतिको धारणा सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारीले अभियानले शान्ति सुरक्षामा ठुलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले व्यवसाय प्रवद्र्धन र नागरिक सुरक्षाका लागि अभियानमा सधैँ सहयोग रहने प्रतिबद्धता जनाए ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय क्षेत्रमा सुरक्षाको प्रत्याभूति दिलाउन थालेको यो अभियान प्रशंसनीय रहेको बताए ।

होटल प्रतिनिधि समाजका अध्यक्ष माधव लम्साले प्रहरीको यो अभियानमा समाजले पूरा साथ दिने प्रतिवद्धता जनाए । उनले पोखरामा पर्यटकको सुरक्षामा प्रहरी र समाजले सहकार्य गर्दै आइरहेको र आगामी दिनमा पनि कायमै रहने स्पष्ट पारे ।

महिला सञ्जाल अध्यक्ष बबिता मल्लले प्रहरीको यो अभियानमा सञ्जालको पनि साथ रहने प्रतिवद्धता जनाइन् ।

कार्यक्रममा लेकसाइड मदिरा व्यवसायी संघका अध्यक्ष रोशन देवकोटा, रेवान पोखराका उपाध्यक्ष वसन्त गौतम, पोख्रेली ट्याक्सी सेवा प्रालि पोखराका अध्यक्ष शोभाकान्त पौडेल, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति अध्यक्ष भीम पराजुलीलगायतले बोलेका थिए ।

बैदाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष निरौलाले अभियान दुई महिनाभित्र सम्पन्न गर्ने बताए । अभियानमार्फत आएका समस्या समाधानका लागि छुट्टै युनिट खटाइने उनले बताए ।

डीएसपी निरौलामा अनुसार अब प्रहरीले पोखरा-६ का ४९ हजार नौ सय ४६ घरमा स्क्यान गर्न मिल्ने स्टिकर टाँस गर्नेछ । यो स्टिकर स्क्यान गरी घरपरिवार वा पर्यटकले प्रहरीलाई आफ्नो समस्या वा गुनासो तुरुन्तै जानकारी दिन सक्नेछन् ।

यो अभियानले कास्कीमा शान्ति सुरक्षा बलियो बनाउने र अपराध नियन्त्रणमा उल्लेखनीय प्रभाव पार्ने विश्वास लिइएको छ । स्थानीय व्यवसायी र समुदायको सहकार्यले यस अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

अभियानका लागि रेवान पोखराले १० हजार र पोखरेली ट्याक्सी सेवा प्रालिले पाँच हजार स्टिकर सहयोग गर्ने घोषणा गरेको छ ।

तस्बिरहरु

Previous Post

पोखराको साइमन पार्टी प्यालेसबाट १५ लाख रुपैयाँ चोरी, ईश्वर र पूजा पक्राउ

Next Post

आज श्रीगणेशको प्रिय दिन, काल र अमृत बेला परेको छ राशिफल कस्तो होला ?

Next Post

आज श्रीगणेशको प्रिय दिन, काल र अमृत बेला परेको छ राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन