• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज श्रीगणेशको प्रिय दिन, काल र अमृत बेला परेको छ राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
January 28, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आजको पञ्चाङ्ग

मिति २०८१ माघ १५ गते मंगलबार, इस्वीसंवत जनवरी २८ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघकृष्णपक्षको चतुर्दशी तिथि साँझमा ७ः३१ बजेसम्म त्यसपछि अमावश्य तिथि लाग्नेछ । नक्षत्रमा पूर्वाषाढा बिहानमा ८ः५६ मिनेटसम्म त्यसपछि उत्तरषाढा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वरियान ४३ घटि १३ पलासम्म त्यसपछि सिद्धि लाग्नेछ । करणमा भद्रा रहनेछ । आनन्दादि योगमा मित्र रहनेछ ।

सूर्य मकर राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान २६ घटि ५४ पला अर्थात १० घण्टा ४९ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५५ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः४० बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ६ः०१ बजे र अस्ताउने समय भोलि दिनमा ४ः२३ बजे रहेको छ । आज नेपाल नर्सिङ दिवस रहेको छ ।

आजको राशिफल

मेष : आज पनि समय अत्यन्त खराव रहनेछ । आज सरकारी काममा समस्या पर्नेछ, छोराछोरीसंग पनि विवाद हुन सक्नेछ, व्यापारमा पनि घाटा व्यहोर्नुपर्ने अवस्था आउन सक्नेछ, आज खासगरी उत्तर दिशाको यात्रामा सतर्क हुनुपर्नेछ, शत्रु सक्रिय हुने दिन समेत रहेको छ ।

वृष : आज स्वास्थ्य राम्रो रहनेछैन । आफन्तसँग झगडा पर्न सक्ने, काममा विघ्न बाधा आइलाग्ने, पेट तथा कम्मर दुख्ने समस्याले सताउन सक्ने, चिन्तापर्ने खबर सुन्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न, दिन खराब छ सतर्क हुनुहोला ।

मिथुन : आज पनि समय राम्रो रहेको छ । स्वास्थ्य राम्रो रहनेछ, आदरसत्कार पाइने ठाउँमा सहभागी भइनेछ, नयाँ व्यवसायमा लगानी आज गर्दा राम्रो हुनेछ, यात्रा सोचेअनुरुपकै सफल हुनेछ, शैक्षिक क्षेत्रबाट सुखद् नतिजा मिल्ने योग देखिन्छ ।

कर्कट : आज पनि स्वास्थ्य भरपर्दो रहनेछ । सरकारी सम्मान मिल्न सक्नेछ, आफन्तसंग भेटघाट हुने, जग्गा जमिनबाट लाभ पाइने योग छ, खुशीका समाचार प्राप्त हुनेछ, साथीभाइको सहयोगले आँटेका सबै काम सजिलै सम्पन्न हुनेछन् ।

सिंह : आज पनि समय शुभ छैन । गर्न खोजेका काममा सफलता हात नलाग्ने योग देखिन्छ, यात्रामा पनि झण्झट व्यहोर्नुपर्ने, अप्रिय खबर सुन्नुपर्ने अवस्था आउन सक्छ, मन अशान्त हुने, पेट रोगले समेत सताउन सक्नेछ, सतर्क भएर अघि बढ्नुहोला ।

कन्या : आज समय अत्यन्त शुभ छैन । चिसोले सताउन सक्छ, खानपिनमा ध्यान पुर्‍याउनु होला, सोचेजतिका सबै काम गर्न नसके पनि आंसिक पूरा हुनेछन्, आफ्नै कर्मचारीबाट बिरोध आउन सक्नेछ, आफूमाथि अपरिचित व्यक्तिले आक्रमण गर्न सक्नेछन्, सावधान रहनु अत्यन्त जरुरी छ ।

तुला : आज समय अत्यन्तै श्भ छ । एक्कासि आम्दानी बढ्ने काम भेटिने छ, जे पेशामा संलग्न हुनुहुन्छ आम्दानी राम्रै रहनेछ, जलखेती किन्न मन भए आजै किन्नु होला, पुराना इष्टमित्र, मान्य व्यक्तिसँगको भेट उपलब्धिमूलक नै रहनेछ, आज जे-जे काममा हात हाल्नु हुन्छ, परिणाम राम्रै पाइनेछ ।

वृश्चिक : आज समय अत्यन्तै खराब छ । चिन्तापर्ने समाचार सुन्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न, आफ्नै छोराछोरीले धोका दिन सक्नेछन्, गरेका प्रयास व्यर्थ हुनेछन्, पेट रोग वा कुनै न कुनै रोगले दुःख दिन सक्ने योग छ । खानामा सतर्कता अपनाउनु राम्रो हुनेछ, विशेषगरी उत्तर दिशाको यात्रामा ध्यान पुर्‍याउनुहोला ।

धनु : आज स्वास्थ्य सबल रहनेछ । यसअघिका समस्या आज समाधान हुने देखिन्छ । आदर-सत्कार, प्रतिष्ठा बढाउने काममा लगानी गर्ने शुभ अवसर आइलाग्ने छन्, पछि हट्नु ठीक छैन, धार्मिक भ्रमणसमेत आज हुन सक्नेछ तर आफन्तसँग अलि सतर्क हुन आवश्यक देखिन्छ, आज खेलकुदमा सहभागी हुन मन लाग्नेछ, तर उत्तरतर्फको यात्रा पनि नगर्दा राम्रो हुनेछ ।

मकर : आज पनि समय तथा स्वास्थ्य अनुकुल छैन । जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला । काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ । वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुगिएला । प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला । फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले दिनभरि होसियार रहनुहोला ।

कुम्भ : आज पनि समय शुभ, स्वास्थ्य राम्रो रहनेछ, आज सापटी दिएको धन फिर्ता, विगतको तुलनामा मानसिक शान्ति र आराम मिल्ने छ, कर्मचारी, परिवारका सदस्यबाट राम्रै सहयोग पाइनेछ, समय पूर्ण सुधारतर्फ चलिरहेको छ, रोकिएका प्रायः जसो काम छिटै सम्पन्न हुनेछन्, टाढाको यात्रा पनि सफल हुने देखिन्छ, प्रियतम् भेट हुनेछ ।

मीन : आज आज तर्क वितर्कमा समय खेर फाल्नु उचित छैन, आफ्ना कमी कमजोरी कुन भइरहेका छन् त्यसमा विचार पुर्‍याउनु, बेलैमा होस पुर्‍याउन जरुरी छ, आफ्नै कार्यबाट मन सन्तुष्ट हुनेछैन, समग्रमा आजको समय मध्यम खालको रहेकाले नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ ।

साहित (यात्रा): सूर्य मकर राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले आज पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, पश्चिम र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः५२ बजेदेखि ८ः१३ बजेसम्म रोग बेला
बिहान ८ः१३ बजेदेखि ९ः३४ बजेसम्म उद्धेग बेला
बिहान ९ः३४ बजेदेखि १०ः५५ बजेसम्म चर बेला
बिहान १०ः५५ बजेदेखि १२ः१६ बजेसम्म लाभ बेला
दिनमा १२ः१६ बजेदेखि १ः३७ बजेसम्म अमृत बेला
दिनमा १ः३७ बजेदेखि २ः५८ बजेसम्म काल बेला
दिनमा २ः५८ बजेदेखि ४ः१९ बजेसम्म शुभ बेला
दिनमा ४ः१९ बजेदेखि ५ः४० बजेसम्म रोग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः४० बजेदेखि ७ः१९ बजेसम्म उद्धेग बेला
साँझ ७ः१९ बजेदेखि ८ः५८ बजेसम्म चर बेला
राति ८ः५८ बजेदेखि १०ः३७ बजेसम्म लाभ बेला
राति १०ः३७ बजेदेखि १२ः१६ बजेसम्म अमृत बेला
राति १२ः१६ बजेदेखि १ः५५ बजेसम्म काल बेला
राति १ः५५ बजेदेखि ३ः३४ बजेसम्म शुभ बेला
रातिमा ३ः३४ बजेदेखि ०५ः१३ बजेसम्म रोग बेला
रातिमा ०५ः१४ बजेदेखि ६ः५२ बजेसम्म उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

पोखरामा ‘घर-घरमा प्रहरी’ अभियान शुरु [तस्बिरहरु]

Next Post

आज ६३औँ नेपाल नर्सिङ दिवस मनाइँदै

Next Post

आज ६३औँ नेपाल नर्सिङ दिवस मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन