धनगढी । सुदूरपश्चिम अटोमोबाइलस् एसोसिएंसनको अध्यक्षमा पुष्करराज ओझा निर्वाचित भएका छन् । धनगढीमा भएको साधारणसभाले ओझाको नेतृत्वमा संघको नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
संस्थाको उपाध्यक्षमा श्याम जोशी, सचिवमा प्रजापति जोशी र कोषाध्यक्षमा स्मारिका बम छन् । यस्तै कार्यसमिति सदस्यमा सुमन सैंजू, एलिस भण्डारी र दीपेन्द्र राना छन् ।
विगत १६ वर्षदेखि मोटर स्पोर्टस्, अटोमोवाइल मोविलिटि, सडक सुरक्षा र अटोमोवाइल क्षेत्रको पेशागत हकहितमा कार्य गर्दै आएको नेपाल अटोमोवाइल्स एसोसिएसनको सुदूरपश्चिम प्रदेश संघको रुपमा दर्ता भएको सो सुदूरपश्चिम अटोमोबाइलस् एसोसिएंसन सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्मा आवद्ध छ ।
साधारणसभाले धनगढी अटोक्रस र र्याली, मोटरसाइकल फ्ल्याट रेसिङ्, टुरिङ र्याली तथा सडक सुरक्षाको लागि युवा कार्यशाला जस्ता कार्यक्रमसमेत पारित गरेको छ ।
कर्णाली प्रदेश खेलकुद परिषदका पूर्व सदस्यसचिव विश्वामित्र सञ्जेल र नेपाल अटोमोबाइल्स एसोसिएसन ट्रेनिङ्ग तथा मार्शल कमिसनका सचिव आशिष रौनियारले नवनिर्बाचित पदाधिकारी तथा सदस्यलाई बधाई ज्ञापन गरेका थिए ।
एफआइए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले राष्ट्रिय संघ र अन्तर्राष्ट्रिय महासंघका क्यालेण्डर बारेमा प्रकाश पारेका थिए ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दिपकबहादुर सिंहले साधारण सभाको उदघाटन गरेका थिए ।






