• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

महाकुम्भमा भागदौड हुँदा कम्तीमा ३० को मृत्यु, ६० घाइते

नीतिप्रेस by नीतिप्रेस
January 30, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाेखरा । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ क्षेत्रमा भागदौड मच्चिँदा ३० जनाको मृत्यु भएको पुष्टि भएको छ । घटनामा ६० जना घाइते भएका छन् ।घटनाको १७ घण्टापछि उत्तर प्रदेश सरकारले ३० जनाको मृत्यु भएको र ६० जना घाइते भएको पुष्टि गरेको हो । 

यद्यपि मिडिया रिपोर्टलाई आधार मान्ने हो भने ४० जनाको मृत्यु भएको छ । दैनिक भास्करलेसमेत अन्तिम मृतकको ‘डेड बडी’ माथि ४० लेखेको देखेको बताएको छ ।

बुधबार साँझ मेला अधिकारी विजयकिरण आनन्द र डीआईजी वैभव कृष्णाले मात्र तीन मिनेट गरेको पत्रकार सम्मेलनमा ३० जनाको मृत्यु भएको र ६० जना घाइते भएको बताएका हुन् । 

मृतकमध्ये अहिलेसम्म २५ जनाको मात्र सनाखत भएको छ । पहिचान भएकाहरुमा उत्तर प्रदेशका १९, कर्नाटकका चार तथा असमका एक श्रद्धालुको मृत्यु भएको हो । 

नेपालबाट पनि हजारौँको संख्यामा प्रयागराज गएका छन् । उक्त भागदौडमा कुनै नेपाली परेको बारेमा भने जानकारी आएको छैन । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई २५-२५ लाख रुपैयाँ राहत दिने बताए । 

भागदौडपछि प्रशासनको अनुरोधअनुसार सबै १३ अखाडामा आज मौनी अमावश्याको अमृत स्नान रद्द गरिएको अखाडा परिषद्का अध्यक्ष रविन्द्र पुरीले बताएका छन् । 

गएराति २ बजेको समयमा एक्कासी भागदौड मच्चिएको हो । मिडिया रिपोर्टअनुसार अफबाह फैलाउँदै भागदौड मच्चिएको थियो । केही महिलाहरु जमीनमा लडेकामा अरुले उनीहरुलाई कुल्चदै अगाडि बढेका थिए । 

घटनापछि मुख्यमन्त्री योगी आदित्यनाथले महाकुम्भमा आएका भक्तालुसँग विनम्र अनुरोध गर्दै गंगाको जुन घाट नजिक रहेका छन् त्यहीँ स्नान गर्न भनेका थिए । प्रशासनको निर्देशन पालना गर्नसमेत उनले विनम्र आग्रह गरेका छन् । उनले ब्यवस्थापनलाई सहयोग गर्नसमेत आग्रह गरेका छन् । 

उनले कुनै पनि अफबाहको पछि नलाग्नसमेत आग्रह गरेका छन् । यसअघि मंगलबार योगी आदित्यनाथले सबै श्रद्धालुलाई मौनी अमावश्यामा शामेल हुन आग्रह गरेका थिए । 

घटनापछि ७० भन्दा बढी एम्बुलेन्स संगम किनारमा पुगेका थिए । मौनी अमावश्याको स्नान भएका कारण करिब पाँच करोड श्रद्धालु सहरमा रहेको अनुमान छ । प्रशासनका अनुसार संगमसमेत ४४ घाटमा राति अबेरसम्म ८ देखि १० करोडले डुबकी लगाउने अनुमान गरिएको थियो । तर अप्रिय घटना भएसँगै श्रद्धालुलाई अमृत स्नान गर्न रोक लगाइएको हो । 

घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले मुख्यमन्त्री योगी आदित्यनाथसँग पटक पटक फोन सम्पर्क गरी जानकारी लिएका थिए । अखाडा परिषद् अध्यक्षले अब बसन्त पञ्चमीमा अखाडामा स्थान गर्ने जानकारी दिएका छन् । 

अध्यक्ष पुरीले घटना गम्भीर भएको भन्दै क्षमा माग्दै अब बसन्त पञ्चमीमा स्नान गर्न आउन पनि आग्रह गरेका छन् । उनले आज जहाँ पवित्र गंगा देखिन्छ त्यहीँ डुबकी लगाउन पनि आग्रह गरेका छन् ।

Previous Post

टाइगर कपमा आज कुन-कुन टिम भिड्दैछन् ?

Next Post

हरिकृष्णले ल्याए ‘जिन्दगीका पाइला’

Next Post

हरिकृष्णले ल्याए ‘जिन्दगीका पाइला’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन