पोखरा । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको अध्यक्षमा ठाकुरप्रसाद बराल निर्वाचित भएका छन् ।
संस्थाको २१औँ वार्षिक साधारणसभा तथा १२औं अधिवेशनले बराललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको प्रथम उपाध्यक्षमा शोभियत परियार, द्वितीय उपाध्यक्षमा अनिल थापा, सचिवमा शान्ता सुवेदी, सहसचिवमा भीषमाया नेपाली, कोषाध्यक्ष निर्मला थापा छन् ।
यस्तै, कार्यसमिति सदस्य ऋषिमाया पहारी, गोमा पंगेनी, पदमबहादुर ढकाल, जुना अधिकारी, शीलु पौडेल पराजुली, रवीन अधिकारी, विष्णुप्रसाद पहारी छन् ।






