• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मन्त्री केसीद्वारा दुई योजना अनुगमन, चाँडो सम्पन्न निर्देशन

नीतिप्रेस by नीतिप्रेस
January 31, 2025
in गण्डकी प्रदेश, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शुक्लागण्डकीका दुई महत्वपूर्ण निर्माणाधीन योजनाको अनुगमन गरेका छन् ।

लामो समयदेखि निर्माणमा ढिलाई भएको प्रदेशको एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत दुलेगौँडा हर्कपुर मोटरमार्ग र वडा नंं ५ र ८ जोड्ने सेती नदीमाथि निर्मित मोटरेबल पुलको अनुगमन गरेका हुन् ।

सो अवसरमा मन्त्री केसीले निर्माण व्यवसायीका कारण ढिलाई भएका ती योजनालाई काममा गति दिन निर्माण व्यवसायीलाई निर्देशन दिए ।

गण्डकी प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री किरण गुरुङ, मन्त्रालयका सचिव कमलकुमार अधिकारीसहित पुगेका उनले सरकारकोतर्फबाट कुनै समस्या भए सहजीकरण गर्न तयार रहेको बताउँदै तत्काल कामदार बढाएर प्रगति बढाउन आग्रह गरे ।

विस २०५२ सालमा ट्रयाक खोलिएको दुलेगौँडा-हर्कपुर सडक १०दशमलव१८ किलोमिटर सडक कालोपत्रका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भई २०७६ साल मंसिर २४ गते शिलान्यास गरिएको थियो ।

२०७८ माघ १० गते भित्र सम्पन्न हुनुपर्ने सडक पटक पटक म्याद थप गरिएको छ । आगामी असारसम्म म्याद रहेको उक्त खण्डको प्रगति हालसम्म ४१ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रविन्द्र तिवारीले बताए ।

उक्त खण्ड कालोपत्रका लागि एमएस शंकरमाली निर्माण सेवाले २५ करोड १० लाख ६० हजार रुपैयाँमा सम्पन्न गर्ने गरी सम्झौता गरेको हो ।

शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको हो ।

ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नति सुरु हुँदा स्थानीयवासी खुसी भएका थिए । तर कामको प्रगति नहुदा स्थानीवासीले चुनावको बेला मात्र सडकको विषय बनाउने गरेको भन्दै टिप्पणी गर्ने गरेका छन् ।

स्थानीय एवं दुलेगौंडा हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष देउबहादुर गुरुङले यस क्षेत्रकै सबैभन्दा पुरानो सडक समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले धुलो र हिलोको मार खेपेको बताउदै चाडो सम्पन्न गराउन ध्यानाकर्षण गराए ।

निर्माण व्यवसायी श्याम लामाले कोभिडसँगै निर्माण कम्पनीलाई आर्थिक रुपमा नोक्सान परेको बताउँदै आर्थिक समस्याका कारण काम सम्पन्न गर्न समस्या परेको बताए । उनले कामदारको संख्या बढाएर समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।

यसैगरी शुक्लागण्डकी-५ र ८ स्थित बेलचौतारा-मुस्ताङ क्याम्प जोड्ने मोटरेबल पुलको कामले गति नलिएको भन्दै उपभोक्ता समितिले मन्त्री केसीले ध्यानाकर्षण गराए ।

शुरुको सम्पन्न गर्नुपर्ने मिति गत वर्षको जेठ २० गते भएकोमा २०८२ मंसिर २० सम्म म्याद थप भएको छ । कामको प्रगति करिव ३० प्रतिशत मात्र छ ।

२०७७ मंसिर २४ मा मूल्य अभिवृद्धि सहित १५ करोड ५९ लाख रुपैयाँमा पुल निर्माणका लागि महावीर खिम्ती अञ्जना पराजुली जेभीले सम्झौता गरेको हो ।

टायल फाउण्डेसनमा निर्माण हुने पुल एक सय ५० दशमलव४ मिटर लामो छ । चार वटा स्पानमध्य हाल एक स्पानमात्र ढलान भएको छ । निर्माण कम्पनीलाई हालसम्म आठ करोड १३ लाख भुक्तानी भइसकेको छ ।

पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख तिवारीले कार्यालयकोतर्फबाट काम गर्न कुनै समस्या नरहेको प्रष्ट पारे । उनका अनुसार वडा नंं. ८ तर्फ तीन वटासम्म स्पान थप भएमा ४०दशमलव२५ प्रतिशत अर्थात ६ करोड २७ लाख रुपैयाँ बजेट थप गर्नुपर्ने देखिएको छ ।

स्थानीय बाबुराम कार्कीले पुल निर्माणको कामले गति नलिँदा वडा नं. ८ तर्फ कटान बढ्दै गएको बताए । उनले स्थानीय स्तरबाट निर्माण व्यवसायीलाई सबै सहयोग गर्दै आए पनि कामले गति लिन नसकेको उल्लेख गरे ।

मन्त्री केसीले मन्त्रालयअन्तर्गतका लामो समयसम्म सम्पन्न नभएका समस्याग्रत योजनालाई आँफूले चाडै सम्पन्न गर्नतर्फ केन्द्रित गरेको बताए ।

समयमै विकास निर्माणका योजना सम्पन्न नहुँदा जनताले दुःख पाउने गरेको भन्दै उनले शुरु भएका योजनालाई आर्थिक अभाव हुन नदिने प्रतिवद्धता जनाए ।

Previous Post

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को पोखरा अडिसन हुने

Next Post

गोरखामा ट्याक्टरबाट खसेर एक जनाको घटनास्थलमै मृत्यु

Next Post

गोरखामा ट्याक्टरबाट खसेर एक जनाको घटनास्थलमै मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन