• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

तनहुँमा बस दुर्घटना हुँदा एक युवतीको मृत्यु, पोखराकी आयुषासहित १३ जना घाइते

नीतिप्रेस by नीतिप्रेस
January 31, 2025
in गण्डकी प्रदेश, घटना, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ । तनहुँमा शुक्रबार बस दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ । मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका श्रृष्टीचोककी २२ बर्षीया सुमिना सापकोटा छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी सापकोटाको आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

दुर्घटनामा पोखरा महानगरपालिका वडा नं ८ बस्ने २२ बर्षीया आयुषा पौडेलसहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइते हुनेमा कैलाली जोशीपुर गाउँपालिका-२ की २३ वर्षीया लक्ष्मी बनादी, धनगढी बसबरीया-५ की २२ वर्षीया अन्जली शाही, तनहुँ म्याग्दे गाउँपालिका-७ का १९ वर्षीय किसिन बिक, व्यास-१२ का १९ वर्षीय सुनिल बिक, व्यासकी १३ वर्षीया आस्था काफ्ले, भानु-१० का ५० वर्षीय खेमराज लौडारी, १७ वर्षीय प्रशान्त लौडारी छन् । जसमा काफ्लेको अवस्था गम्भीर छ ।

यस्तै गोरखा सिरानचोक-४ का ५१ वर्षीया सुनिल ढकाल, ४२ वर्षीय रामशरण कुँवर, गोरखा शहीद लखन गाउँपालिका-२ भइ हाल बन्दीपुर-१ का ५९ वर्षीय उज्वल विक, लमजुङ बेशीशहर-३ का ४१ वर्षीय कृष्णबहादुर पाण्डे र आँबुखैरेनी-३ बीचबजार की ४२ वर्षीया दमन्तीमाया नेपाल पनि दुर्घटनामा घाइते भएका छन् ।

उनीहरुको आँबुखैरेनी अस्पताल र चितवन नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा५ख २९९९ नम्बरको बस आँबुखैरेनी गाउँपालिका वडा नं १ सत्रसयमा दुर्घटनामा परेको हो ।

बस चालक तनहुँ भानु नगरपालिका वडा नं ५ का ३५ वर्षीय रवीन्द्र घलेलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

गोरखामा ट्याक्टरबाट खसेर एक जनाको घटनास्थलमै मृत्यु

Next Post

पेट्रोलको भाउ प्रतिलिटर दुई रुपैयाँ बढ्यो

Next Post

पेट्रोलको भाउ प्रतिलिटर दुई रुपैयाँ बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन