• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज दुई पटक काल बेला परेको छ, शनिदेवको प्रिय दिनमा राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
February 1, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आजको पञ्चाङ्ग

मिति २०८१ माघ १९ गते शनिबार, इस्वीसंवत फेब्रुअरी १ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघशुक्लपक्षको तृतीया तिथि दिनमा २ः१९ बजेसम्म त्यसपछि चतुर्थी तिथि लाग्नेछ । नक्षत्रमा शतभिषा बिहानमा ६ः५५ मिनेटसम्म त्यसपछि उत्तरभाद्रपदा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा परिध २१ घटि १० पलासम्म त्यसपछि शिव लाग्नेछ । करणमा वणिज रहनेछ । आनन्दादि योगमा आनन्द रहनेछ ।

सूर्य मकर राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । आज दिनमान २७ घटि ७ पला अर्थात १० घण्टा ५४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५३ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः४२ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ८ः४३ बजे र अस्ताउने समय साँझ ८ः४७ बजे रहेको छ । आज तिलकुन्द चौथी ।

आजको राशिफल

मेष : आज समय शुभ रहनेछ, आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । नयाँ-नयाँ कार्ययोजना बनाउँदा लाभ पाइने छ । फलफूलसम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । पद र पैसाभन्दा प्रतिष्ठासँग गासिएका काममा लगानी हुन सक्नेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । सही सदुपयोग गर्न सके उच्चतम् लाभ हासिल गर्न सकिनेछ, समयको उपयोग गर्नुहोला ।

वृष : आज समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आँटेका काम सबै पूरा नभए पनि हतासको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । आज ठूलो लगानी गर्नु जोखिमपूर्ण छ । त्यसकारण तत्काल पेशा परिवर्तन, ठूलो लगानी, कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ ।

मिथुन : आज समय शुभ तथा स्वास्थ्य भरपर्दो रहनेछैन । पेटमा आकस्मिक खराबी आउन सक्ने, आफ्नै रिसको झोंकमा काम बिगार्दै हिंड्ने, औषधी उपचार गर्दा छिटो स्वास्थ्य सुधार नहुने, जताबाट पनि तपाईँलाई समय राम्रो छैन । आज सकेसम्म पूर्व दिशाको यात्रामा नजानुहोला । आज धार्मिक एवं सामाजिक क्षेत्रमा लाग्नुभएमा ठूलो घाटाबाट बच्न सकिनेछ ।

कर्कट : आज समय भरपर्दो छैन । सरकारी कार्यालयबाट लिइने काम बन्ने छैन । आश्रित कर्मचारी, आफ्ना छोराछोरी पनि तपाईंको पक्षमा देखिंदैनन् । स्वास्थ्य पनि भरपर्दो नरहला । अनावश्यक खर्चले सताउला । आज सबै काममा सावधानी राख्नु नै बेस हुनेछ । आज पूर्व दिशाको यात्रामा गएर कुनै पनि काम बन्ने छैन ।

सिंह : आज स्वास्थ्य ठीकठाक रहनेछ । मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ ।

कन्या : आज समय शुभ छ, स्वास्थ्य भरपर्दो रहनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जाँगर बढ्नेछ, नयाँ जागीर खाने ईच्छा भएमा प्रयास गर्नु होस् सफलता मिल्ने छ । कसैलाई नगद धन दिएका भए आज मागे पाइन्छ । तपाईंले आँटेका सबै काममा राम्रो सफलता पाइने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

तुला : आज समय शुभ छैन । साना–साना कुरामा पनि शंका र चिन्ता गर्ने देखिन्छ । जहाँ नजानु पर्ने हो बाध्यताले जानै पर्ने, अरु व्यक्तिले दिएको नखानु पर्ने हो तर खानैपर्ने र आफ्नोबारे निन्दा अपमान सुन्नुपर्ने समय छ । तपाईंको काम आफन्त पर्ने व्यक्तिबाट नै बिग्रने देखिनेछ । आम्दानीभन्दा खर्चले जित्ने दिन पनि छ ।

वृश्चिक : आज स्वास्थ्यमा समस्या आउन सक्छ । खाने पिउने मामलामा ज्यादै ख्याल गर्नु होला । पेट गड्बढीको सम्भावना बलियो छ । तपाईंका शत्रू जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन् । आज खर्च गरेका, लगानी गरेका कामको भविष्य राम्रो छैन । काम शुरु नगर्नु नै बेस । खानपानमा विशेष सतर्क हुनुहोला ।

धनु : आज स्वास्थ्यमा सुधार आउनेछ । पदीय प्रमोसन अथवा पैसा परिश्रम अनुसारको हात पर्ने समय रहेको छ । जग्गा, जमिन किन्न चाहनुहुन्छ भने आज अत्यन्त शुभ रहनेछ । पुराना छुटेका इष्टमित्रसँग भेट हुने मौका पनि पाउनु हुनेछ । विशेषगरी आज पश्चिम दिशाको यात्राले फाइदा मिल्नेछ । समयको राम्रो उपयोग गर्न सक्नु भएमा प्रगति छिटो गर्न सकिनेछ ।

मकर : आज समय अत्यन्त खराब छ, शत्रुस्थानको चन्द्रमाले मनमा विना कामका चिन्ताले सताउनेछन् । आँफू अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिहरूसँग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन, निस्कियो भने आफ्नै पैसा र समयको बर्वादी हुनुका साथै दुर्घटना पनि हुन सक्नेछ ।

कुम्भ : आज समय अत्यन्तै शुभ छ । भाग्यस्थानको चन्द्रमाको प्रभावले आज शिक्षा, सुन, घडेरी, घर बनाउने काम, स्कूलमा लगानी अथवा कुनै पनि शैक्षिक क्षेत्रमा लगानी आज गर्नुभयो भने राम्रो हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । स्वास्थ्यले समेत साथ दिनेछ । समय शुभ छ उपयोग गर्नुहोला । पश्चिम दिशाको भ्रमणमा महत्वपूर्ण काम बन्नेछन् ।

मीन : आज समय खराब छ । स्वास्थ्य पनि भरपर्दो रहनेछैन । चिसोबाट सतर्क हुनुहोला । यात्रामा समेत झमेला हुन सक्नेछ । लामो समयदेखिको पेशाबाट तनाव उत्पन्न हुनेछ । आम्दानीका स्रोतहरू बन्द हुनेछन् । जागीरमा समेत समस्या आउन सक्छ, आजको कसैसंग धेरै बोल्नु भन्दा नबोल्नु नै तपाइँको जित हुनेछ । समय अत्यन्त खराब रहने भएकाले सबै कार्यमा सतर्क हुन आवश्यक छ ।

साहित : सूर्य मकर राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । त्यसैले आज पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर र पूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः५० बजेदेखि ८ः१२ बजेसम्म काल बेला
बिहान ८ः१२ बजेदेखि ९ः३३ बजेसम्म शुभ बेला
बिहान ९ः३३ बजेदेखि १०ः५५ बजेसम्म रोग बेला
बिहान १०ः५५ बजेदेखि १२ः१७ बजेसम्म उद्धेग बेला
दिनमा १२ः१७ बजेदेखि १ः३९ बजेसम्म चर बेला
दिनमा १ः३९ बजेदेखि ३ः०१ बजेसम्म लाभ बेला
दिनमा ३ः०१ बजेदेखि ४ः२२ बजेसम्म अमृत बेला
दिनमा ४ः२२ बजेदेखि ५ः४४ बजेसम्म काल बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः४४ बजेदेखि ७ः२२ बजेसम्म शुभ बेला
साँझ ७ः२२ बजेदेखि ९ः०० बजेसम्म रोग बेला
राति ९ः०० बजेदेखि १०ः३९ बजेसम्म उद्धेग बेला
राति १०ः३९ बजेदेखि १२ः१७ बजेसम्म चर बेला
राति १२ः१७ बजेदेखि १ः५५ बजेसम्म लाभ बेला
राति १ः५५ बजेदेखि ३ः३३ बजेसम्म अमृत बेला
रातिमा ३ः३३ बजेदेखि ०५ः११ बजेसम्म काल बेला
रातिमा ०५ः११ बजेदेखि ६ः४९ बजेसम्म शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

ढाल्ने क्रममा रुखले च्यापिएर १२ वर्षीय बालकको मृत्यु

Next Post

आज पोखराको मौसम घमाइलो हुने, तापक्रम कति होला ?

Next Post

आज पोखराको मौसम घमाइलो हुने, तापक्रम कति होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन