• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराको मदरल्याण्ड माविद्वारा कर्मचारी र विद्यार्थीलाई सम्मान

नीतिप्रेस by नीतिप्रेस
February 2, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ७ स्थित मदरल्याण्ड माविले छ जना कर्मचारीलाई दीर्घसेवा सम्मान प्रदान गरेको छ । शिक्षक तथा कर्मचारीको रुपमा २० वर्षदेखि कार्यरत उनीहरुलाई आइतबार सम्मान गरिएको हो ।

विद्यालयलमा गत शुक्रबारदेखि सुरु भएको वार्षिक सांस्कृतिक कार्यक्रमको अन्तिम दिन आइतबार उनीहरुलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्लस टू इन्चार्ज नारायण आचार्यका अनुसार विद्यायले हरेक वर्ष २० वर्ष कार्यकाल पूरा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घसेवा सम्मान प्रदान गर्दै आएको छ । आचार्यका अनुसार यो पटक वृहस्पती विक, ईन्द्रकुमारी गुरुङ, सविता थापा, अप्सरा कार्की, कल्पना अर्याल र चन्दना थापालाई दीर्घसेवा सम्मान प्रदान गरिएको हो ।

‘दुई दशक अवधि एउटै संस्थामा कार्यरत रहेर ठूलो योगदान दिनुभएको छ,’ आचार्यले भने, ‘कर्मचारीको मनोबल बढाउन पनि यस्तो सम्मान आवश्यक पर्छ ।’
साथै विभिन्न गतिविधिमा उत्कृष्टता हाँसिल गरेका विद्यार्थीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

विद्यालयका प्राचार्य डा. नारायण बरालले विद्यार्थीको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउन विद्यालयले तीन दिन कार्यक्रम आयोजना गरेको बताए । पहिलो दिन गत शुक्रबार नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाका लागि कार्यक्रम आयोजना गरिएको थियो ।

दोस्रो दिन ४ देखि ८ कक्षासम्मका बालबालिकाले प्रतिभा देखाएका थिए भने आइतबार अन्तिम दिन ९ देखि १२ कक्षासम्मका विद्यार्थीले कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यार्थीको आत्मबल बढाउन यस्ता कार्यक्रम सहयोगी बन्ने उनको विश्वास छ ।

कक्षाकोठामा पाठ्यपुस्तकको आत्मबलमात्र नभई समाजप्रतिको दायित्व, समूहमा नाच्दा सामूहिकताको भावना जागृत गराउन यस्ता कार्यक्रम आवश्यक हुने उनले बताए ।

अहिलेको सिकाईले आगामी दिनमा अझै अघि बढ्न सघाउने पनि प्राचार्य बरालको विश्वास छ । स्टेजमा देखाएको कार्यक्रमले उनीहरुमा ‘म सक्छु’ भन्ने भावना विकास हुने बरालले बताए ।

विद्यार्थीलाई कक्षा कोठामा मात्र सीमित नराखि उनीहरुमा रहेको आत्मविश्वास र क्षमतालाई बाहिर देखाउनका लागि पनि यस्ता कार्यक्रम जरुरी रहेको बरालले बताए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यार्थीमा लुकेको प्रतिभा बाहिर ल्याउनका लागि यस्ता गतिविधि आवश्यक रहेको बताए । कतिपय विद्यार्थीले अवसर नपाउँदा आफूमा रहेको क्षमता देखाउन नपाउने उनको भनाइ छ ।

‘विद्यार्थीको भित्रभित्रै लुकेको प्रतिभा बाहिर ल्याउनका लागि विद्यालयले पनि पहल गर्नुपर्छ, कुनै पनि क्षेत्रमा अब्बल व्यक्ति पहिचान गर्ने ठाउँ नै विद्यालय हो,’ उनले भने । बाबुनानीको सुन्दर भविष्यका लागि अभिभावकमा चेतना भएजस्तै विद्यालयले पनि त्यस्तै अभ्यास गरेको उनले बताए ।

निर्देशक डा. त्रिभुवन शर्मा बरालले विद्यालयले गरेको कार्यक्रममा विद्यार्थीले आफ्नो प्रस्तुतिमार्फत खुबी देखाउने मौका पाएको बताए । कार्यक्रममा एक सय २५ वटा सांस्कृतिक गतिविधि गरिएको उनले बताए ।

विद्यार्थीले प्रस्तुत गरेका योगा र भजनले सहभागी अभिभावकको मन जितेको उनले बताए ।

कार्यक्रममा करिब दुई हजार पाँच सय विद्यार्थीले नृत्य गरेका थिए ।

Previous Post

टाइगर कपको उपाधि नेपाल पुलिस र टाइगर ग्रुपको पोल्टामा

Next Post

पाेखरामा स्वरुप परिवर्तन गरिएका ४७ मोटरसाइकल नियन्त्रणमा

Next Post

पाेखरामा स्वरुप परिवर्तन गरिएका ४७ मोटरसाइकल नियन्त्रणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन