पोखरा । नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ । जसअनुसार सुनको मूल्य तोलाको एक लाख ६२ हजार आठ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत बिहीबार तोलामा एक लाख ६० हजार पाँच सय कायम भएको छापावाल सुनको मूल्य शुक्रबार एकलाख ६२ हजार आठ सय रुपैयाँ कायम भएको थियो । यस्तै शनिबार, आइतबार र सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
पोखरा बजारमा आज छापावाला सुन प्रतितोला एक लाख ६३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
आज चाँदीको मूल्य भने १५ रुपैयाँ घटेको छ । आइतबार तोलामा एक हजार नौ सय १० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा एक हजार आठ सय ९५ रुपैयाँ कायम भएको हो । पोखरा बजारमा आज एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।






