• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज एकै दिनमा दुई पटक लाभ बेला परेको छ, श्रीकृष्णको प्रिय दिनमा राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
February 5, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आजको पञ्चाङ्ग

मिति २०८१ माघ २३ गते बुधबार, इस्वीसंवत फेब्रुअरी ५ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघशुक्लपक्षको अष्टमी तिथि रातिमा २ः५७ बजेसम्म त्यसपछि अष्टमी तिथि लाग्नेछ । नक्षत्रमा भरणी रातिमा ११ः०७ मिनेटसम्म त्यसपछि रोहिणी नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शुभ ५० घटि ३३ पलासम्म त्यसपछि शुक्ल लाग्नेछ । करणमा भद्रा रहनेछ । आनन्दादि योगमा काण रहनेछ ।

सूर्य मकर राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान २७ घटि २० पला अर्थात १० घण्टा ५९ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५० बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः४६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ११ः०४ बजे र अस्ताउने समय राति १ः२८ बजे रहेको छ । आज बुधाष्टमी व्रत गर्ने दिन र गोरखकाली पूजा गर्ने दिन रहेको छ ।

आजको राशिफल

मेष : आज स्वास्थ्य भरपर्दो रहनेछ । लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानशिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । आज रोकिएका सबै काम पूरा हुनेछन् तर समयको सही उपयोग अवश्य गर्नुहोला । दिनमा ३ बजेपछि समय त्यति शुभ नहुने भएकाले सतर्क भएर काम गर्नुहोला ।

वृष : आज पनि समय खराब रहनेछ । चिसोका कारण पेट दुख्ने रोगले दुःख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला । आज उत्तर दिशाको यात्रामा ननिस्कनु राम्रो हुनेछ । सामाजिक एवं धार्मिक कार्यमा समय शुभ छ ।

मिथुन : आज समय शुभ छ । व्यपारमा सबै प्रकारले लाभ मिल्नेछ । स्वास्थ्यले पनि राम्रो साथ दिनेछ । उठ्नुपर्ने रकम उठ्नेछ । राम्रो मुनाफा बढ्ने काममा लगानी गर्नुभएमा राम्रो परिणाम पाइनेछ । घरमा नयाँ समान किनमेल हुनेछ । आज उत्तरभन्दा पश्चिम दिशाको यात्राले लाभ मिल्नेछ । धार्मिक कार्यमा गरेको लगानीले राम्रो नाम कमाउन सकिनेछ ।

कर्कट : आज समय मध्यम खालको छ । कुनै पनि ठाउँको भ्रमण गर्नु पनि उचित छैन । तपाईं आज पानी र चिसोबाट विशेष सतर्क रहनुहोला । अरु काम तपाईंले सोचेअनुसार सफल हुनेछन् । त्यसैले जे काम गर्नुछ यही आज थालनी गर्नुभएमा मध्यम राम्रो हुनेछ । वैदेशिक रोजगारबार धन प्राप्त हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

सिंह : आज स्वास्थ्य खराब रहनेछ । गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, पेट रोगले सताउने, खानामा गडबढी, दुःखको समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परे पनि निराश र हतास नहुनुहोला । टाढाको यात्रा नगर्नुहोला । शैक्षिक क्षेत्रबाट भने राम्रो फाइदा पाइनेछ ।

कन्या : आज समय खराब रहनेछ । मानसिक चिन्ता थप्नेछ । नबोलाएको ठाउँमा नजानु होला । बद्नाम अपमानको सम्भावना पनि छ । घरमा तथा परिवारका लागि अनावश्यक खर्च भै जाने अवस्था छ । सकेसम्म जसको जे काम गर्नु छ, उही व्यक्तिसँग पैसा लिएर काम गर्ने गर्नुहोला । आज दिनमा ३ बजेपछिको समय मध्यम शुभ रहनेछ ।

तुला : आज स्वास्थ्य राम्रो रहनेछ । आशा नै नगरेको ठाउँबाट धन प्राप्त हुन सक्नेछ । जमीन किन्नु छ आज किन्नुहोला । उच्चस्तरीय घनिष्ट मित्रसँगको भेट, पेशागत क्षेत्रमा नयाँ लाभका सम्भावना बढेर जानेछन् । जताबाट पनि हर्ष र खुसीका खबरहरू प्राप्त हुनेछन् । समय शुभ रहेकाले समयको सही उपयोग गर्नुहोला ।

वृश्चिक : आज स्वास्थ्य भरपर्दो रहनेछ । टाढाबाट धन आउने, नयाँ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । मनमा एकप्रकारको ढुक्कपन रहने, दौडधूप त्यति गर्नुपर्ने छैन । परिवारका सदस्यबाट राम्रो सहयोग हुनेछ । सबै सजिलै सम्पन्न गर्न सकिनेछ । आज दिउसो ३ बजेपछि स्वस्थ्यमा केही समस्या देखिनेछ । विशेषगरि खानपानमा ध्यान पुर्याउन आवश्यक छ ।

धनु : आज चन्द्रमाले अनावश्यक मानसिक चिन्ता थप्नेछ । नबोलाएको ठाउँमा जानुपर्नेछ । आफन्तबाटै बद्नाम तथा अपमानको सम्भावना छ । जुनसुकै काममा अनावश्यक खर्च भै जाने अवस्था छ । आज टाढाको यात्रा, महत्वपूर्ण निर्णय नगर्नु नै सबैभन्दा राम्रो हुने देखिन्छ । समग्रमा समय खराब छ । सतर्क हुन आवश्यक छ ।

मकर : आज दिन जोखिम पाराले बित्नेछन् । आफन्त कुलकुटुम्बका व्यक्तिजन एवं मित्रजनसँग वैरभाव उत्पन्न हुनेछ । धन हानी, पूर्ण हुन लागेको कार्य बिग्रन सक्छ । तर दिनमा ३ बजेपछि शुभग्रहको प्रत्यक्ष प्रभाव पर्नेछ । धन कमाउने अवसर मिल्नेछ । परिवारजनमा खुसी र सुखी बनाउन सकिने, धार्मिक एवं सामाजिक कार्यमा प्रशंसा मिल्नेछ ।

कुम्भ : आज समय शुभ छ । दुःख कष्ट हराउनेछन् । स्वच्छ, निश्चल सोचाइ बढ्नेछन् । विशेषगरी आज पढाईलेखाई, कलाकृति, आकृतिका काम लगायत परीक्षा र प्रयोगात्मक कार्यमा ठूलो सफलता मिल्ने देखिन्छ । आकस्मिक धन, मान र काम प्राप्त गर्ने योग परेको छ । अरु व्यक्तिले आफ्नो प्रशंसा गर्नेछन् तर दिउसो ३ बजेपछि भने हरेक कार्यमा होशियारी अपनाउनु आवश्यक छ ।

मीन : आज समय खराब छ । आँफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । त्यसैले मानसिक असन्तुष्टिको अनुभव हुनेछ । घनिष्ट मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला । दिनमा ३ बजेपछि समय शुभ हुने देखिन्छ । यात्रा लेनदेन पनि यसै समयमा मात्र गर्नुहोला ।

साइत : सूर्य मकर राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । त्यसैले आज पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, पश्चिम र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः५० बजेदेखि ८ः१२ बजेसम्म लाभ बेला
बिहान ८ः१२ बजेदेखि ९ः३३ बजेसम्म अमृत बेला
बिहान ९ः३३ बजेदेखि १०ः५५ बजेसम्म काल बेला
बिहान १०ः५५ बजेदेखि १२ः१७ बजेसम्म शुभ बेला
दिनमा १२ः१७ बजेदेखि १ः३९ बजेसम्म रोग बेला
दिनमा १ः३९ बजेदेखि ३ः०१ बजेसम्म उद्धेग बेला
दिनमा ३ः०१ बजेदेखि ४ः२२ बजेसम्म चर बेला
दिनमा ४ः२२ बजेदेखि ५ः४४ बजेसम्म लाभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः४४ बजेदेखि ७ः२२ बजेसम्म अमृत बेला
साँझ ७ः२२ बजेदेखि ९ः०० बजेसम्म काल बेला
राति ९ः०० बजेदेखि १०ः३९ बजेसम्म शुभ बेला
राति १०ः३९ बजेदेखि १२ः१७ बजेसम्म रोग बेला
राति १२ः१७ बजेदेखि १ः५५ बजेसम्म उद्धेग बेला
राति १ः५५ बजेदेखि ३ः३३ बजेसम्म चर बेला
रातिमा ३ः३३ बजेदेखि ०५ः११ बजेसम्म लाभ बेला
रातिमा ०५ः११ बजेदेखि ६ः४९ बजेसम्म अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

प्रेस चौतारी कास्कीको अध्यक्षमा मोतीसागर अधिकारी निर्वाचित

Next Post

आज बुधाष्टमी व्रत गर्ने दिन, के छ धार्मिक मान्यता ?

Next Post

आज बुधाष्टमी व्रत गर्ने दिन, के छ धार्मिक मान्यता ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन