पोखरा । नेपाली बजारमा सुनको मूल्य आज बुधबार पनि ह्वात्तै बढेको छ ।
मंगलबार तोलामा एक हजार नौ सय रुपैयाँ बढेको सुनको भाउ आज बुधबार तोलामा दुई हजार दुई सय रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै आज छापावाला सुन एक लाख ६६ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा एक लाख ६४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
आज पोखरा बजारमा सुन एक लाख ६७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यसैगरी बुधबार असली चाँदीको मूल्य पनि बढेको छ ।
मंगलबार तोलामा एक हजार नौ सय ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बुधबार बढेर तोलामा एक हजार नौ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
पोखरा बजारमा चाँदी दुई हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।






