पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ ।
बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।
गण्डकी प्रदेशमा आज दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ भने राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा आज बिहान ७ बजेको तापक्रम १२ डिग्री सेल्सियस छ । आज अधिकतम् तापक्रम २५ डिग्री र न्यूतनम् तापक्रम ११ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । आज पोखरामा सापेक्षित आद्रता ७४ प्रतिशत रहने र दिन घमाइलो हुने अनुमान छ ।






