• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कास्कीको घान्द्रुकमा पर्यटन महोत्सव हुने

नीतिप्रेस by नीतिप्रेस
February 5, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कास्कीको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका १०/११ घान्द्रुकमा तेस्रो घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।

सबै मौसममा पर्यटन’ भन्ने मूल नाराका साथ घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा आगामी फागुन ७ देखि १० गतेसम्म महोत्सव हुने संयोजक अमृत गुरुङले जानकारी दिए ।

घान्द्रुकस्थित मेश्रम बराह माविको प्राङ्गणमा हुने महोत्सवमा क्लब स्तरीय पुरुष भलिबल, बास्केटबल, भेन्ट्रान्स भलिबल, घोडादौड, छेलोलगायतका प्रतियोगिता हुने संयोजक गुरुङले बताए ।

संयोजक गुरुङले खेलकुदलाई पर्यटनसँग जोड्न महोत्सवमा खेलकुद प्रतियोगिता आयोजना गरिएको बताए ।

‘खेलकुद पनि पर्यटनसँग जोडिएको छ, पर्यटन महोत्सवमा खेलकुदलाई जोड्दा खेलाडी र पर्यटकीय क्षेत्रलाई दुवैलाई फाइदा छ’, उनले भने, ‘ढुङ्गेनी गाउँले परिचित घान्द्रुकलाई जोड्न खेलकुदले पनि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेका छौँ ।’

उनका अनुसार भलिबल र खुला बास्केटबल प्रतियोगिता विजेताले एक लाख २२ हजार दुई सय २२ र उपविजेताले ७७ हजार सात सय ७७ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको दुवै विधामा सेमिफाइनलबाट बाहिरिने समूहले १०÷१० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी भेन्ट्रान्स भलिबल प्रतियोगिता विजेताले ३० हजार, उपविजेताले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवको प्रत्येक साँझ सास्कृतिक कार्यक्रमसमेत हुने बताइन्छ ।

घान्द्रुक पर्यटन व्यवस्थापन समिति अध्यक्ष विक्रम गुरुङका अनुसार घान्द्रकमा एकैदिन दुई हजार पाँच सय पर्यटकलाई राख्न सकिनेछ । उनका अनुसार घान्द्रुकमा ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा छन् ।

महोत्सव अवधिभर घान्द्रुक आउने पर्यटकलाई २० प्रतिशत छुट र खेलाडीलाई आठ सय रुपैयाँको प्याकेज उपलब्ध गराइने अध्यक्ष गुरुङले जानकारी दिए ।

Previous Post

गोरखामा भिरबाट लडेर एक जनाको मृत्यु

Next Post

नेदरल्याण्ड्सँग नेपालकाे लज्जास्पद हार

Next Post

नेदरल्याण्ड्सँग नेपालकाे लज्जास्पद हार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन