पोखरा । नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उद्योग बन्द गर्ने घोषणासहित सरकारलाई १९ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको छ ।
सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेका ग्यासको कोटा र सिलिन्डर खरिद रुजु, विभिन्न नीतिगत संशोधनलगायतका मागसहित सरकारलाई ज्ञापन पत्र बुझाइएको हो । उनले उक्त माग पूरा नभए उद्योग बन्द गर्ने चेतावनी दिए ।
उनले २०८१ साल माघ ३० गते बुधबारदेखि देश भरका ५९ वटै एलपी ग्याँस उद्योगले नेपाल आयल निगमबाट प्रडक्ट डेलिभरी अडर खरिद नगर्ने चेतावनी दिए ।
उनले २०८१ फागुन १ गते बिहीबारेखि २०८१ फाल्गुण ५ गते सोमबारसम्म सबै ग्याँस उद्योगले विरोधका कार्यक्रमबारे स्थानीय सबै सङ्घसंस्था, सञ्चार माध्यममार्फत र प्रचारप्रसार गर्ने बताए ।
२०८१ फागुन ६ गते मङ्गलबारदेखि भारतको इन्डियन आयलका नेपालका लागि लोड हुने एलपी ग्याँसको ग्याँस बुलेट कुनै पनि लोड नगर्ने नगराउने उनले चेतवनी दिए ।
२०८१ फागुन १२ गते सोमबारदेखि नेपालका लागि लोड भएर आएका कुनै पनि ग्याँस बुलेट कुनै पनि भन्सार नाकाबाट नछुटाउने, १८ गते आइतबारदेखि नेपालका ५९ उद्योगका जायज माग सम्बोधन नभएमा अनिश्चितकालीन बन्द गर्ने उनले चेतावनी दिए ।
उनका अनुसार फागुन २२ गते शनिबारदेखि देश भरका ग्याँस बिक्रेता डिपोले सम्पूर्ण सेव बन्द गरिदिन समेत अनुरोध गरिने भएको छ ।






