पोखरा । पोखरा महानगरपालिका वडा नं २७ को नवनिर्मित सुविधा सम्पन्न कार्यालय भवनको उद्घाटन गरिएको छ ।
चार करोड ४७ लाख रुपैयाँको लागतमा निर्माण भवन शुक्रबार नगर प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।
कार्यक्रममा नगर प्रमुख आचार्यले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रवाह गर्न यस प्रकारको पूर्वाधार आवश्यक रहेको बताए ।

वडाअध्यक्ष पूर्णकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङ, प्रवक्ता मोतीलाल तिम्सिना, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, दलका नेता दिवसमान प्रधानाङ्ग र राधिका शाही योगी, वडा नं.२६ का वडाध्यक्ष नरेन्द्र थापा, वडा नं.५ का वडाध्यक्ष विष्णुप्रसाद बराल, वडा नं.२९ का अध्यक्ष श्रीप्रसाद गुरुङ, कार्यपालिका सदस्य तथा वडाका जनप्रतिनिधिलगायत सरोकारवाला र स्थानीय सहभागी थिए ।






