कालीकोट । कालीकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका वडा नं ५ रुप्साका ४५ वर्षीय गङ्ग देउवा छन् ।
बिहीबार राति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको ट्रक दुर्घटना हुँदा देउवा गम्भीर घाइते भएका थिए ।
इते देउवालाई भीरबाट निकालेर उपचारका लागि मान्म लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।
ट्रक सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियो । ट्रक चालक हाम फालेर बाँच्न सफल भएका छन् ।






