• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज दुई पटक अमृत बेला परेको छ, शिवको प्रिय दिनमा तपाईँको राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
February 10, 2025
in धर्म/संस्कृति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आजको पञ्चाङ्ग

मिति २०८१ माघ २८ गते सोमबार, इस्वीसंवत फेब्रुअरी १० तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघशुक्लपक्षको त्रयोदशी तिथि साँझमा ७ः१७ बजेसम्म त्यसपछि चतुर्दशी तिथि लाग्नेछ । नक्षत्रमा पुनवर्सु साँझमा ६ः३७ मिनेटसम्म त्यसपछि तिष्य नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा प्रीति ११ घटि २८ पलासम्म त्यसपछि आयुष्मान लाग्नेछ । करणमा कौलव रहनेछ ।

आनन्दादि योगमा धूम्र रहनेछ । सूर्य मकर राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान २७ घटि ४२ पला अर्थात ११ घण्टा ०६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः४८ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः५० बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय दिनमा ३ः४० बजे र अस्ताउने समय राति ५ः१४ बजे रहेको छ । आज सोमप्रदोष व्रत गर्ने दिन रहेको छ ।

आजको राशिफल

मेष : आज पनि समय शुभ रहनेछ । विशेष अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पुर्‍याउनेछ । पछिसम्म फाइदा हुने काम हातलागी हुनेछ । श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । दिगो योजना प्रारम्भ गर्ने समय छ । श्रमको उचित मूल्य प्राप्त हुनेछ । सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ । प्रतिक्षा गरिएको काम बन्नेछ भने उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ ।

वृष : आज पनि समय अत्यन्तै खराब छ । विवादास्पद काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । अवसरवादीबाट सजग रहनुहोला । आफ्नै कमजोरीले चिन्ता बढाउन सक्छ । परिस्थिति अलि संघर्षपूर्ण रहला । जवर्जस्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजले साथ नदिन सक्नेछन् । सतर्क हुन आवश्यक छ ।

मिथुन : आज पनि निकै समय राम्रो छ । समयले राम्रै अवसर दिलाउनेछ । चुनौती स्वतः हट्नेछन् भने अवसर र सफलताले पच्छ्याउनेछन् । टाढिएका शुभचिन्तक नजिकिनाले प्रशन्नता मिल्नेछ । धार्मिक र सेवामूलक काममा सहभागी भइनेछ । आवश्यक पर्दा सहयोगीको साथ पाइनेछ । अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ । समय सही सदुपयोग गर्नुहोला ।

कर्कट : आज पनि समय खराब रहनेछ । आज व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । तनावमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ । समयमा गम्भीर नबन्दा व्यर्थैमा दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्‍याउनुहोला । कामको चाप पनि बढ्ने देखिन्छ ।

सिंह : आज समय शुभ छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि मिहिनेत गर्दा प्रशस्त धन आर्जन हुने समय छ ।

कन्या : आज पनि समय मध्यम खालको छ । वचन पुर्‍याउन नसक्दा अरूले आलोचना गर्न सक्छन् । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगी टाढिन सक्छन् । अर्थ अभावले काम रोकिने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ । आक्षेप लगाउनेले दुःख देलान् । मानसम्मानमा आघात पुग्न सक्छ । तापनि शुभचिन्तकको माध्यमबाट स्थितिमा सुधार आउनेछ ।

तुला : आज पनि स्वास्थ्य राम्रो छैन । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । अरूका काममा धेरै समय खर्चनुपर्ला । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । बाध्यताले अलमल्याउन सक्छ । पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ ।

वृश्चिक : आज पनि परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा दौडधूप गर्नुपर्ला । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ला । टाढाको यात्रा गर्ने अवसर भने प्राप्त हुन सक्ने देखिछ । आज टाढाको यात्रामा ध्यान दिन आवश्यक छ ।

धनु : आज पनि समय राम्रै रहनेछ । नोकरीमा प्रतिस्पर्धीलाई हराउँदै अघि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । विवादित निर्णय तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा आउने हुँदा घर परिवार तथा आफन्त खुशी हुनेछन् । व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी हुने योग रहेको ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

मकर : आज पनि स्वास्थ्य राम्रो रहनेछ । न्यायिक निर्णय तथा कानूनी फैसला तपाईकै पक्षमा आउनेछन् । पढाई लेखाईमा मन जाने हुनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट मनग्य आम्दानी गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेम झन् कसिलो भएर जानेछ ।

कुम्भ : आज पनि समय खराब नै रहनेछ । समय अनुकुल नहुँनाले आमा तथा परिवारका सदस्य तपाईंदेखि टाढिन सक्छन्, ध्यान दिनुहोला । विद्यार्थीले पढाई लेखाईमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउँन गाह्रो पर्नेछ । राजनीति तथा समाज सेवामा अलि बढी गम्भीरता अपनाउनुहोला किनकि आलोचना गर्नेहरु सक्रिय रहनेछन्, सतर्क हुनुहोला ।

मीन : आज समय खराब रहनेछन् । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, नराम्रा घट्ना घट्न सक्छ । प्राकृतिक स्रोत तथा सरकारी धनको सही परिचालन गर्न नसक्दा आम्दानीका बाटा साँघुरा हुनेछन् । पढाईलेखाई तपाइँ आफ्नै कारणले बिग्रनेछ भने मनोबल कमजोर हुने हुँदा अरु प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । प्रेममा एक अर्का बीच बैमनस्यता बढेर जाने योग रहेको छ भने जीवन साथीसँग अविश्वास बढेर जानेछ ।

साइत : सूर्य मकर राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले आज पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः४७ बजेदेखि ८ः१० बजेसम्म अमृत बेला
बिहान ८ः१० बजेदेखि ९ः३२ बजेसम्म काल बेला
बिहान ९ः३२ बजेदेखि १०ः५५ बजेसम्म शुभ बेला
बिहान १०ः५५ बजेदेखि १२ः१७ बजेसम्म रोग बेला
दिनमा १२ः१७ बजेदेखि १ः४० बजेसम्म उद्धेग बेला
दिनमा १ः४० बजेदेखि ३ः०३ बजेसम्म चर बेला
दिनमा ३ः०३ बजेदेखि ४ः२५ बजेसम्म लाभ बेला
दिनमा ४ः२५ बजेदेखि ५ः४८ बजेसम्म अमृत बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः४८ बजेदेखि ७ः२५ बजेसम्म काल बेला
साँझ ७ः२५ बजेदेखि ९ः०३ बजेसम्म शुभ बेला
राति ९ः०३ बजेदेखि १०ः४० बजेसम्म रोग बेला
राति १०ः४० बजेदेखि १२ः१७ बजेसम्म उद्धेग बेला
राति १२ः१७ बजेदेखि १ः५४ बजेसम्म चर बेला
राति १ः५४ बजेदेखि ३ः३२ बजेसम्म लाभ बेला
रातिमा ३ः३२ बजेदेखि ०५ः०९ बजेसम्म अमृत बेला
रातिमा ०५ः०९ बजेदेखि ६ः४६ बजेसम्म काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

कवि खनालको ‘अनन्त यात्रा’ लोकार्पण

Next Post

पोखराको मौसम सफा रहने, तापक्रम २२ डिग्री सेल्सियस पुग्ने

Next Post

पोखराको मौसम सफा रहने, तापक्रम २२ डिग्री सेल्सियस पुग्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन