पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
तराईका थोरै स्थानमा हल्का हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
बिहानीपख तराईका भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ ।
यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
आज पोखराको मौसम सफा रहने बताइएको छ । आज बिहान ७ बजेको पोखराको तापक्रम ११ डिग्री सेल्सियस छ भने अधिकतम् तापक्रम २२ डिग्री सेल्सियस पुग्ने प्रक्षेपण गरिएको छ । आज पोखरामा सापेक्षित आद्रता ९० प्रतिशत र वर्षाको सम्भावना दुई प्रतिशत छ ।






