पोखरा । नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्य बढेको छ ।
सोमबारको तुलनामा आज तोलामा छ सय रुपैयाँले सयले बढ्दै एक लाख ७० हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन तोलाको एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
पोखर बजारमा आज सुनको भाउ प्रतितोला एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
आज मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार एक हजार नौ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार नौ सय ४५ मा कारोबार भएको हो ।
पोखरा बजारमा चाँदीको भाउ दुई हजार पाँच रुपैयाँ कायम भएको छ ।






