• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

लाज शरणम्’ मा महेशले घटाएका थिए २० केजी तौल

नीतिप्रेस by नीतिप्रेस
February 11, 2025
in मनाेरञ्जन, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । जिग्री पाडेको पहिलो चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको तयारीमा छ । फागुन १४ गते प्रर्दशनमा आउन लागेको चलचित्र ‘लाज शरणम्’ मा टेलिचलचित्र ‘सक्किगोनी’ टिम बाहिरका केही कलाकार पनि छन् । तीमध्ये एक हुन्, हल्कारा फेम्ड अभिनेता महेश त्रिपाठी । जो चलचित्र ‘हल्कारा’ का नायक हुन् । यो चलचित्रले इन्टरनेशनल फिल्म फेस्टिभलमा अवार्डसमेत जितेको थियो ।

महेश ‘सक्किगोनी’ टिमले बनाएको चलचित्र ‘लाज शरणम्’ मा पनि छन् । हालसालै सार्वजनिक भएको चलचित्रको टिजरमा त्रिपाठीलाई पनि मुख्य पात्रका रुपमा नै देखाइएको छ । यो चलचित्रमा साइन गरेदेखि नै उनी आफूलाई पात्रमा ढाल्न निकै ठूलो मेहनत गरेको उनको विगतका तस्वीर चलचित्रको टिजर पोस्टरमा स्पष्ट देख्न सकिन्छ ।

पोस्टरमा पनि उनी अटाएका छन् । सुरुमा सार्वजनिक भएका तीनवटा पोस्टरमध्ये एकमा महेश पनि छन् । लाज शरणम्मा उनको पातलो ज्यानको क्यारेक्टर चाहिने भएपछि निर्माण टिमले उनलाई ज्यान घटाउन भनेको थियो ।

ित्यसपछि महेशले चलचित्रको चरित्रका लागि आफ्नो झण्डै २० केजी तौल घटाए । उनले भने, ‘मैले ७२ केजीबाट लाज शरणमका लागि २० केजी बराबर तौल घटाएँ ।’

चलचित्रको पात्र निमार्ण गर्दा आफू ५२ केजीसम्म शरीरको तौल बनाएको बताए । चलचित्रको छायाँकनमा समेत उनको पछिल्लो समयको शरीरको तौल अनुहार देखेर निर्माणपक्ष समेत छक्क परेको थियो ।

पात्र निर्माणलाई प्रथामिकता दिएका महेश यसअघिको हल्कारा चलचित्रको पात्र निमार्णमा पनि अल्कोहलिक क्यारेक्टरले उनको स्वास्थ्यलाई लामो समयसम्म असर गरेको बताएका थिए । पात्रको चरित्रलाई न्याय दिन उनले आफ्ना हरेक चलचित्रमा आफूलाई अभ्यस्त बनाएका छन् ।

त्यसैले उनले यो चलचित्रमा कडा मेहनत गरेको यसबाटै पनि पुष्टि हुन्छ । सिनेमामा उनको काम कस्तो छ त्यो भने हेर्न फागुन १४ कुर्नुपर्ने छ । तर प्रशारित सामग्री हेर्दा उनीलगायत टिमको मेहनत प्रस्ट देखिन्छ ।

‘लाज शरणम्’ का हालसम्म चार वटा पोस्टर सार्वजनिक भइसकेका छन् । पछिल्लोपटक मुख्य कलाकार सीताराम कट्टेल धुर्मुसलाई रिविल गरेको थियो ।

‘लाज शरणम्’मा सितारामसँगै मुकुन्द श्रेष्ठ, विजय बराल, अपर्ण थापा, महेश त्रिपाठी,रेणु योगी, कमलमणि नेपाल, माला लिम्बु, ‘सक्किगोनी’ टिमका कलाकार अर्जुन घिमिरे पाडे, सागर लम्साल बले, हरिष निरौला कक्रोज, प्रियाना आचार्य मुन्नी’ लगायत कलाकार छन् ।

‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ ।

चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन् । सिनेमाको प्रमुख कलाकारमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्यलगायतका कलाकार छन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सहनिर्माताको रूपमा छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।

Previous Post

आज पनि बढ्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Next Post

पोखरा-१६ लामाचौरकी रीनाले जितिन् स्कुटर

Next Post

पोखरा-१६ लामाचौरकी रीनाले जितिन् स्कुटर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन