• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराको प्रतिभा माविमा ‘सीमसार बहस’

नीतिप्रेस by नीतिप्रेस
February 11, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । जलवायु परिवर्तन, सीमसार क्षेत्रको संरक्षणलगायतका क्षेत्रमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण गराउने उद्देश्यले पोखरास्थित प्रतिभा माविमा सोमबार सीमसार सम्बन्धित छलफल कार्यक्रम आयोजना गरिएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का जीव विज्ञान समूहका विद्यार्थी सहभागी कार्यक्रममा विज्ञले सीमसार क्षेत्रको संरक्षणमा युवापुस्ताको भूमिकाबारे स्पष्ट पारेका थिए । हरेक वर्ष विश्व सीमसार दिवस फेब्रुअरी २ मा मनाइन्छ ।

सीमसार दिवसका अवसरमा यसअघि विद्यालयमा सीमसारसँग सम्बन्धित चित्रकला तयार पारिएको थियो ।

सीमसार दिवसकै छेको पारेर सोमबार कार्यक्रम गरिएको विद्यालयका शिक्षक हेमन्त ढकालले जानकारी दिए ।

सीमसारको महत्व, जलवायु परिवर्तनले ल्याएको संकटबारे युवा पुस्तामा जानकारी दिलाउन कार्यक्रम गरिएको उनले बताए ।

विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यालय तहमा अध्ययन विद्यार्थीलाई सीमसारको महत्वबारे बुझाउन सकियो भने त्यसले संरक्षणमा सघाउ पुग्ने बताए ।

‘पछिल्लो युवापुस्तासँग सीमसार क्षेत्रको महत्वबारे उत्तिसारो ज्ञान छैन, उनीहरुलाई ज्ञान दिलाउन सकियो भने भविश्यमा सीमसार क्षेत्र जोगिन सक्छ, त्यही भएर विद्यार्थीको सहभागितामा कार्यक्रम गरेका हौँ,’ उनले भने ।

कार्यक्रममा प्रकृति संरक्षणमा युवा पुस्ताको भूमिकाबारे विद्यार्थीले विज्ञसँग जिज्ञाशा राखेका थिए ।

वन क्याम्पस पोखराका सहायक क्याम्पस प्रमुख सुमन भट्टराईले युवा पुस्ताले प्रकृतिसँग जोडिएका समसामयिक विषयमा चाँसो दिनुपर्ने बताए ।

‘हामीले ठूलाठूला विषयबस्तुमा मात्र चाँसो दिएका छौँ, प्रकृतिका साना विषय पनि उत्तिकै महत्वपूर्ण हुन्छन्,’ उनले भने, ‘मसिना विषयस्तुमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।’

पछिल्लो समय सीमसार क्षेत्र संकटमा परिरहँदा सम्बन्धित निकायलाई घच्घचाउने काम युवापुस्ताले गर्नुपर्ने उनले बताए ।

‘सीमसार क्षेत्रको संरक्षण मात्र नभई सही तरिकाले उपयोग गर्न पनि जान्नुपर्छ, भविश्यलाई सुनिश्चित हुने गरि उपयोग गर्नुपर्छ,’ उनले भने ।

जिल्ला बार एशोसिएसनकी अध्यक्ष भगवती पहारीले नेपालमा सीमसार क्षेत्रको संरक्षणका लागि विभिन्न कानुनी प्रावधान भए पनि व्यवहारमा लागू नभएको बताइन् । फेवाताल जोखिममा परेको विषय सबैका लागि ज्वलन्त उदाहरण रहेको उनले बताइन् ।

गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयका अधिकृत पूर्णेश्वर सुवेदी पर्यावरणमा कुनै पनि असर पर्ने गरी काम भएका थाहा पाएमा विभिन्न माध्यमबाट खबरदारी गर्नुपर्ने बताए ।

‘प्रकृतिमाथि दोहन भएमा विभिन्न निकायमा जानकारी दिनुपर्छ, त्यसो भयो भने दोहन रोक्न वा कम गर्न सहज हुन्छ,’ उनले भने ।

चराबारे जानकार पोखरा पंक्षी समाजकी कोषाध्यक्ष हिराकुमारी मल्ल चराचुरुंगीबारे २० वर्ष अघि र अहिले फरक अनुभव रहेको बताउँछन् ।

मानव गतिविधिका कारण चराको बासस्थान नै अप्ठेरोमा परेको उनले बताइन् ।

‘हिजोका दिनसम्म चरा देखिने ठाउँमा अहिले देखिन छाडेको छ । त्यस्तो हुनुमा हामी नै जिम्मेवार छौँ, युवापुस्ताले चाँसो दिएर प्रकृति संरक्षण गर्नुपर्छ,’ उनले भनिन ।

छलफलमा विद्यार्थीले पोखरा शहरभित्रका विभिन्न चोकमा जथाभावी विजुली बाल्दा चराचुरुंगीलाई परेको असरबारे विद्यार्थीले जिज्ञासा राखेका थिए ।

त्यसबाहेक पोखरा क्षेत्रका विभिन्न ठाउँका रुख र चौतार मासिँदाको असरबारे पनि छलफल भएको थियो ।

मानव-वन्यजन्तु द्वन्द्व कसरी घटाउन सकिन्छ भन्नेमा पनि विद्यार्थीको जिज्ञासा थियो ।

कार्यक्रममा विद्यार्थीले प्रकृति, सीमसारलगायतका क्षेत्रमा कोरेका चित्र पनि प्रदर्शनीमा राखिएको थियो ।

Previous Post

आगलागीमा परेका ११ जनामध्ये दुईको मृत्यु

Next Post

उज्वेकिस्तानको ब्ल्याक बुल्स आहा रारा पोखरा गोल्डकपकाे सेमिफाइनलमा

Next Post

उज्वेकिस्तानको ब्ल्याक बुल्स आहा रारा पोखरा गोल्डकपकाे सेमिफाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन