• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

उज्वेकिस्तानको ब्ल्याक बुल्स आहा रारा पोखरा गोल्डकपकाे सेमिफाइनलमा

नीतिप्रेस by नीतिप्रेस
February 11, 2025
in खेलकुद समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबलको २४औँ संस्करणमा पहिलो पटक सहभागिता जनाएको उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

सहारा क्लब पोखराको आयोजनामा यही माघ २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा अर्को विदेशी टोली भारत सिक्किम थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० गोलको फराकिलो अन्तरले हराउँदै ब्ल्याक बुल्सले अन्तिम चारमा स्थान बनाएको हो ।

पहिलोपटक पोखरा आएर खेलको ब्ल्याक बुल्सले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । खेलको ३८औँ मिनेटमा ब्ल्याक बुल्सले स्लोमजोन अब्दुकोडिरोभको गोलबाट खेलमा अग्रता बनाएको थियो । उनले पेनाल्टी क्षेत्रबाट सुन्दर गोल गरेका थिए ।

खेलमा फर्किन सङ्घर्ष गरिरहेको थण्डरबोल्टलाई खेलको ७३औँ मिनेटमा उज्वेकिस्तानका साइमोल दभ्लातजोनोभले अर्को गोल थप्दै निरास बनाए । त्यसको दुई मिनेटपछि बल्कात्जोन साटरोभले गोल गर्दै फराकिलो अन्तरको जित निकाल्स सफल भए ।

ब्ल्याक बुल्सले सेमिफाइनलमा नेपालको थ्रीस्टार क्लबसँग फागुन १ गते खेल्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बुधबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज क्लबका बीच हुने आयोजकले जनाएको छ ।

यही फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रू १२ लाखसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रू छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रू २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउने छन् ।

Previous Post

पोखराको प्रतिभा माविमा ‘सीमसार बहस’

Next Post

धर्मका नाउँमा धम्की सैह्य हुँदैन : वडाध्यक्ष थापा

Next Post

धर्मका नाउँमा धम्की सैह्य हुँदैन : वडाध्यक्ष थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन