• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कास्कीको मादीमा गोरु जुधाई प्रतियोगिता हुने

नीतिप्रेस by नीतिप्रेस
February 12, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कास्कीको मादी गाउँपालिकास्थित सोंथरबेँसी (सुन्दर बेँसी) मा यही फागुन १ र २ गते सोंथरबेँसी टारी बजार मेलाको हुने भएको छ ।

मेलाको सबै तयारी पूरा भएको संयोजक तथा आयोजक सोंथर बेँसी विकास समिति प्रथम उपाध्यक्ष आशबहादुर गुरुङले जानकारी दिए ।

‘मेला सम्पन्न गर्न गठित विभिन्न उपसमितिले आआफ्नो जिम्मेवारी पूरा गरिसकेका छन्’, संयोजक गुरुङले भने, ‘सबैको सहयोगको कारण मेला सभ्य र भव्यरुपमा सम्पन्न हुने अपेक्षा गरेका छाैँ ।’

सोंथरबेँसी जाऔँ, टारी बजार मेलामा सहभागी बनौँ र त्यस आसपास क्षेत्रको कृषि पर्यटन प्रवर्द्धन गराैँ भन्ने मूल नाराका साथ मेला आयोजना गरिएको हो ।

मेलामा कृषि कार्यक्रमतर्फ गोरु जुधाई प्रतियोगिता, गोरु प्रदर्शन एवं किनबेच, साटासाट, खसी, बोका, बाख्रा, मह, घ्यू, आलु, तरकारी, माछालगायत कृषिजन्य वस्तु र पशुको प्रदर्शन एवं किनबेचसमेत हुने मेला सहसंयोजक नन्दलाल अधिकारीले जानकारी दिए ।

यस्तै, खेलकुद प्रतियोगितातर्फ खुला फाइभ ए साइड पुरुष फुटबल, खुला पुरुष छेलो फाल्ने, खुला पुरुष तथा महिला रस्सी तान्ने खेल छन् ।

यसैगरी सांस्कृतिक कार्यक्रमतर्फ ३० बर्षभन्दा माथि उमेर समूह र ३० बर्ष भन्दा कम उमेर समूहको छुट्टाछुट्टै नृत्य प्रतियोगिता, स्थानीय गाउँका आमा समूहका नाँच, युवा क्लबको ठेटार नाच, घाटु नाँच, कृष्णचरित्र नाँच, स्थानीय दोहोरी गायक गायिकाको गायन र भजन प्रस्तुति रहने मेलाका सहसंयोजक बेदबहादुर गुरुङले जानकारी दिए ।

गत बर्ष गोरु जुधाइँ प्रतियोगिताले दर्शक तथा गोरु पाल्ने किसानलाई निकै आकर्षण गराएकोले यस बर्ष पनि प्रतियोगिता विशेष रुपमा गरिने समिति सचिव डिल्लीराज गिरीले बताए ।

यस्तै शैक्षिक कार्यक्रमतर्फ कक्षा १ देखि ३ सम्मका विद्यार्थीका लागि खुला श्रुतीलेखन प्रतियोगिता, कक्षा ४ देखि ८ सम्मका विद्यार्थीका लागि ‘सोंथरबेँसीमा कृषि पर्यटन प्रवर्द्धनको सम्भावना’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता हुजने समिति द्वितीय उपाध्यक्ष दीर्घमान गुरुङले जानकारी दिए ।

मेला सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको प्रचारप्रसार संयोजक दीपकजंग गुरुङले जानकारी दिए । मेला सञ्चालन गर्न करिब पाँच लाख रुपैयाँ खर्च लाग्ने समिति कोषाध्यक्ष रमा क्षेत्रीको दावी छ ।

Previous Post

धर्मका नाउँमा धम्की सैह्य हुँदैन : वडाध्यक्ष थापा

Next Post

आज दुई पटक लाभ बेला परेको छ, श्रीकृष्णको प्रिय दिनमा राशिफल कस्तो होला ?

Next Post

आज दुई पटक लाभ बेला परेको छ, श्रीकृष्णको प्रिय दिनमा राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन