पोखरा । चितवनमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ५ का २८ वर्षीय आलोक महतो छन् । उनी मोटरसाइकल चालक छन् ।
रत्ननगरको जनकल्याण चोकमा मंगलबार राति १० बजे महतोले चलाएको बा.प्र.०३-००२ प ५५०३ नं.को मोटरसाइकल दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका महतोकाे पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






