पोखरा । नेपाली बजारमा आज बुधबार सुनको भाउ ह्वात्तै घटेको छ । मंगलबारको तुलनामा आज सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँ घटेको छ ।
मूल्य घटेसँगै आज छापावाला सुन एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ मंगलबार एक लाख ७० हजार दुई सय रुपैयाँ रहेको थियो ।
आज पोखरा बजारमा सुन एक लाख ६८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथाअ आभूषण संघ कास्कीले जनाएको छ ।
आज असली चाँदी पनि तोलामा १५ रुपैयाँ घटेको छ । मंगलबार एक हजार नौ सय ४५ रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर एक हजा नौ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
पोखरा बजारमा आज चाँदी एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।






