• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी थाल्न मन्त्रीकाे निर्देशन

नीतिप्रेस by नीतिप्रेस
February 12, 2025
in खेलकुद समाचार, गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी थाल्न निर्देशन दिएका छन् ।

प्रदेश खेलकुद परिषद्को दशौँ पूर्ण बैठकमा मन्त्री थापाले यस्तो निर्देशन दिएका हुन् ।

उनले विगतको शाखलाई कायम गर्न नवौँ राष्ट्रियमा पदक विजेता खेलाडीको खोजी गर्न र कार्ययोजनासहित तयारी थाल्न परिषद्का सदस्यलाई निर्देशन दिए ।

उनले भने, “दशौँ राष्ट्रिय खेलकुदमा हाम्रो शाखलाई जोगाउनु छ, समिति तथा उपसमिति बनाएर कार्ययोजनासहित अघि बढ्नुहोस्, मन्त्रालय सहयोग गर्न तयार छ ।”

वैदेशिक रोजगारीमा रहेका खेलाडीलाई समेत बोलाएर प्रशिक्षण कार्यलाई अघि बढाउनुपर्ने उनले औंल्याए ।

दशौँ राष्ट्रिय खेलकुदको तयारीका लागि राष्ट्रिय खेलकुद परिषदबाट पत्र प्राप्त हुनासाथ तयारीमा हुने र अपुग रकम सम्वन्धमा प्रदेश सरकार मुख्यमन्त्रीसहित उच्चस्तरीय बैठक बोलाउने उनले प्रतिवद्धता जनाए ।

गोरखामा आयोजनाको तयारी शुरू गरिएको प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि अघि बढ्न पनि उनले निर्देशन दिए ।

उनले भने, “खेलाडी उत्पादनको मुख्य स्रोत भनेकै राष्ट्रपति रनिङ शिल्ड हो, हामीले यो प्रातियोगिता सम्पन्न गर्नुपर्छ ।”

मन्त्री थापाले पोखरा रंगशालामा विद्यालयका संस्थालाई प्रतियोगिता सञ्चालनका लागि सहज वातावरण बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री थापाले सहासिक खेलकुद प्याराग्लाइडिङ प्रतियोगितालाई समावेश गर्न संघीय युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गरिने बताए ।

बैठकले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, आशन्न प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि आवश्यक अपुग रकम प्रदेश सरकारसँग आग्रह गर्नेलगायतका निर्णय गरेको छ ।

यस्तै जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड सम्पन्न गर्न जिल्ला खेलकुद विकास समितिलाई परिचालन गर्ने निर्णय गरेको छ ।

यस्तै प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरूङले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अहिले सबैका लागि मुख्य चासोको विषय रहेको भन्दै तयारीमा तीव्रता दिनुपर्ने बताए ।

अर्धवार्षिक समीक्षासहित सम्पन्न बैठकमा परिषदका सदस्यसचिव श्रीधर शर्माले प्रदेशलाई खेलकुदमय बनाउन परिषद् योजनाबद्ध रुपमा अघि बढेको उनले बताए ।

उनले दशौँ राष्ट्रिय खेलकुदसँगै प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी अहिलेको प्रमुख विषय बनाएर परिषद् अघि बढ्ने उल्लेख गरे ।

बैठकमा कार्यकारी सदस्य दिलबहादुर गुरूङ, ऋषिराम गौतम, तारामाया थापा मगर, कार्यालय प्रमुख तोपलाल भुषाल, लेखाअधिकृत नीलकण्ठ ढकालले बोलेका थिए ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशको सुर्खेत हुनेछ । प्रतियोगितामा विभिन्न ३६ खेल हुनेछन् । यसैगरी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड फागुनको तेस्रो साता गोरखामा तय भएको छ ।

Previous Post

समयमै न्याय पाउन निकै गाह्रो छ : बालेन्द्र शाह

Next Post

जुम्लामा फेरि गयो भूकम्प

Next Post

जुम्लामा फेरि गयो भूकम्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन