सिन्धुली । सिन्धुलीमा आज बिहान भैँसीले हान्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनकोशी गाउँपालिका वडा नं ३ नौविसेका ७५ वर्षीय गोपाल घर्ती छन् ।
बिहान घाँस दिन गएका बेला भैँसीले हान्दा घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भैँसीले हानेर घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए ।






