• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रेम दिवसकाे इतिहास: किन मनाइन्छ प्रेम दिवस ?

नीतिप्रेस by नीतिप्रेस
February 14, 2025
in नेपाली समाचार आजको, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाेखरा । नेपालसहित विश्वभर आज ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस मनाइँदै छ । विशेषगरी युवावर्गले यसलाई उत्सवकै रुपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रणय दिवस विशेष रूपले मनाउने गरिएको छ । यस दिन प्रेमिप्रेमिकाले एकार्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने गरिन्छ ।

आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्तावसमेत राख्ने गरिन्छ । भनिन्छ प्रेममा न त भूगोल हुन्छ न जात नै । प्रेममा कुनै सीमा हुँदैन । प्रेम आँफैमा सर्वब्यापी हुन्छ । प्रेममा भित्रि भाव स्नेह हुन्छ । प्रेममा मात्र प्रेम हुन्छ । प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ फेब्रुअरी १४ मा भ्यालेन्टाइन डे मनाइन्छ ।

यो पश्चिमा संस्कृति अर्थात आयतित संस्कृति पनि भन्ने गरेको पाईन्छ । १४ फेब्रुअरी अर्थात प्रेम दिवस । विशेषगरि पश्चिमा देशमा मनाइँदै आएको यो दिवस केही वर्षदेखि नेपालका युवाले पनि विशेषरुपमा मनाउन थालेका छन्। प्रणय दिवस सहजै पचाउन सकिएको अवस्था भने छैन ।

सहरी युवाबाहेक अन्यले यसलाई विदेशी चाड भएकाले विकृति मात्र ल्याएको धारणा राख्दै आएका पनि पाइएको छ । सायदै नेपालमा पनि भ्यालेन्टाइन डे धूमधाम मनाईदै आईरहेको छ ।

किन मनाईदैछ त भ्यालेनटाईन डे ? यसको शुरुवात कसले गरेका थिए ?

युवाले एकार्काबीच व्यक्त गर्न नसकेको प्रेमलाई व्यक्त गर्ने र प्रेममा भएका जोडीले माया अझ प्रगाढ दिनका रुपमा आजको दिनलाई उपयोग गर्छन् । आजको दिन युवाले आफ्ना प्रेमिप्रेमिकालाई रातो गुलाबको फूल उपहारका रुपमा आदानप्रदान गरेर प्रेम दिवस बनाउने गर्छन् ।

यसको शुरुवात कसरी र कहाँबाट भएको थियो ? यसको कथा भने रोचक नै मानिएको छ । एक सातासम्म मनाइने ‘प्रेम सप्ताह’मा हरेक दिन फरकफरक तरिकाले सेलेब्रेट गर्ने संस्कृति रहेको छ। यो समयमा रोज डे, प्रोपोज डे, चकलेट डे, टेडि डे, प्रोमिस डे, हग डेसँगै अन्तमा ‘भ्यालेन्टाइन डे’ फ्रेब्रुअरी १४ मा मनाइन्छ।

प्रणय दिवसको ईतिहास

प्रणय दिवसको औपचारिक सुरुआत सन् २६९मा रोमबाट सुरु भएको मानिन्छ । रोमका तत्कालीन सम्राट् क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए। सम्राट्को आदेशको उल्लङ्घन गर्दै त्यहाँका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका पक्षमा बोलेपछि धेरै सैनिकको उनले सार्वजनिक रुपमा विवाह गराएका थिए।

आदेश तोडेको आरोपमा उनलाई इपू ७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउन थालिएको हो। विश्वभरि नै यस दिनलाई उत्सवका रूपमा मनाउने गरिन्छ। नेपालमा अझै पनि खुला रुपमा प्रेमको कुरा गर्नु विपरीत लिङ्गीसँगै हिँड्नुलाई सकारात्मक रुपमा सहज रुपमा ग्रहण गरिँदैन ।

खासमा तेस्रो सताब्दीमा एक रोममा एक शासक थिए, जसको नाम क्लोडियस । उनको मान्यता थियो, जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए, ‘आजदेखि कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’

तर, सन्त भ्यालेन्टाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरेध गरे । सन्त भ्यालेन्टाइनले सबैलाई बिहे गर्नका लागि उक्साए । जागरुक गराए । यही क्रममा केही अधिकारी र सैनिकले बिवाह गरे ।

जब क्लोडियसलाई सन्त भ्यालेन्टाइनले आफ्नो मान्यता विपरीत प्रेम र विवाहका लागि अरुलाई प्रेरित गरे, भ्यालेन्टाइनलाई बन्दी बनाउने आदेश जारी भयो । उनलाई कालकोठरीमा बन्दी बनाइयो ।

आखिरमा सन्त भ्यालेन्टाइनलाई फाँसी दिने भइयो । फाँसीको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रेम योर भ्यालेन्टाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए ।

मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिबिहीन छोरीलाई दिनु ।’ राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेन्टाइनलाई फाँसी दिए । यही दिनलाई भ्यालेन्टाइनको समर्पणमा मानिसले भ्यालेन्टाइन डे मनाउन सुरु गरे ।

सुरुवाती दिनमा विधिवत् रुपमा भ्यालेन्टाइन डे मनाइन्थ्यो । त्यसबेला प्रेमी/प्रेमिकाको हातले बनाइएको मुटु आकारको कार्ड आदनप्रदान गरिन्थ्यो । त्यसमा आफ्नो भावना व्यक्त गरिएको हुन्थ्यो । अहिले त्यस स्थानमा रेडिमेड कार्ड छाएको छ । पश्चिमा देशमा क्रिसमसपछि सबैभन्दा एक आपसमा कार्ड आदनप्रदान गर्ने भनेकै भ्यालेन्टाइन डेमा नै भनिएको छ ।

हप्ताभरिनै प्रेम दिवस

पहिला पहिला फेब्रुअरी १४ अर्थात एकदिनलाई भ्यालेनटाइन डे भनिन्थ्यो । अहिले साताव्यापी रुपमा यो पर्व मनाइन्छ । यसको सुरुवात रोज डेबाट सुरु हुन्छ । गुलाब दिने, त्यसपछि प्रस्ताव राख्ने, त्यसपछि चकलेट दिने, त्यसपछि टेडी दिने, त्यसपछि प्रमिस गर्ने, त्यसपछि हग गर्ने र आखिरमा आखिरमा भ्यालेनटाइन डे मनाउने । यो सिलसिला फेब्रुअरी ७ बाट सुरु हुन्छ । फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे र अन्य दिन एवं रितले मनाउने गरिन्छ ।

के दिने भ्यालेनटाइन डे मा गिफ्ट ?

भ्यालेन्टाइन गिफ्टको एकदमै महत्व छ । गिफ्ट भन्नसाथ बजारमा खरिद गरेका महंगा बस्तु भन्ने छैन । गिफ्ट त्यस्तो हो, जसले आफ्नो प्रेम भावना अभिव्यक्त गर्न सकियोस् । गिफ्ट त्यस्तो होस्, जसमा आफ्नो प्रेम समर्पण गर्न सकियोस् ।

यस अवसरमा आफूले मन पराएको केटा वा केटी साथीलाई प्रपोज गर्ने गरिन्छ । हुन त अहिले गुलाब, कार्डसँगै विभिन्न किसिमका गिफ्ट आइटम बजारमा उपलब्ध छन् । त्यसमध्ये पनि यस्तो गिफ्ट उपयुक्त हुन्छ, जो अर्थपूर्ण होस् । कलात्मक होस् । तपाईंले गर्ने माया सदाबहार होस् ।

मानिसलाई घुम्न तथा रमाउन बहाना चाहिएको छ । प्रणय दिवस पनि त्यस्तै बहानामध्ये एक हो । यो दिन प्रेममा रहेका युवायुवती तथा विवाहित जोडी घुमघाममा हुन्छन् । यस्ता जोडी समय भए लामै यात्रामा समेत निस्कन्छन् । समय अभाव भएका व्यस्त जोडीले समेत यो दिन केही समय एकर्काका लागि छुट्याउँछन् ।

प्रेमी जोडी तथा विवाहित जोडी घुमघाममा निस्कन थालेका छन् । यस्ता जोडीले विभिन्न उपहार आदानप्रदान गर्दै यो दिनलाई स्मरणीय बनाउँदै आगामी यात्रा सुमधुर बनाउने प्रयास गर्छन् ।

प्रणय दिवसका लागि उपहार किन्न पाइने पसलमा समेत विवाहितको संख्या बढ्न थालेको छ । कलेज तथा स्कुल अध्ययनरत केही विद्यार्थीले मात्र रमाइलोका लागि यो दिनलाई प्रेम अभिव्यक्त गर्न प्रयोग गर्ने गरेका छन् ।

यो कस्तो प्रेम ?

भनिन्छ, प्रेममा रोमान्स हुन्छ, तर रोमान्समा प्रेम नहुन सक्छ । रोमान्सले प्रेमको मिठास बढाइदिन्छ । फेरि रोमान्सबिनाको प्रेममा दिगोपन नहुन सक्छ । अहिले रोमान्सका लागि मात्र गरिने स्वार्थी प्रेमको बिगबिगी भने बढ्दैछ । स्वार्थीहरू प्रणय दिवसको बहानामा मोजमस्तीमा डुब्छन् । यसबाट साँचो प्रेम गर्न खोज्नेले जोगिनुपर्छ ।

कसैका बारेमा राम्रोसँग नबुझी, उसको स्वार्थी प्रेममा विश्वास गर्दा धोका भएका उदाहरण कैयौं छन् । सच्चा प्रेम गर्न खोज्नेहरू सतर्क हुँदै सम्बन्ध गाँस्छन् । स्वार्थी प्रेमका कारण प्रणय दिवस मनाउने शैलीमा समेत केही परिवर्तन आएको छ ।

केही समयअघिसम्म जोडी नभएकाले प्रेम अभिव्यक्त गर्न, आफ्नो मनको कुरा भन्न यो दिनलाई प्रयोग गर्थे । अहिले विवाहित जोडी तथा प्रेम सम्बन्धमा रहेका युगल जोडीले रोमान्स गर्ने दिनका रूपमा यसको आकर्षण बढ्दैछ । पहिले प्रेम अभिव्यक्त गर्ने अवसर नहुँदा यो दिनलाई सदुपयोग गरी प्रेम यात्रा प्रारम्भ गरिन्थ्यो ।

अहिले भने प्रेम अभिव्यक्त गर्न प्रणय दिवस नै कुर्नुपर्ने बाध्यता छैन । प्रविधिमा आएको ठूलो परिवर्तनका कारण आफ्ना मनका कुरा दिनहुँ अथवा भनौं क्षणक्षणमा आदानप्रदान हुन थालेका छन् ।

छिनमा प्रेममा पर्ने, छिनमा बिछोड हुने, फेरि अर्कोसँग सम्बन्ध बढाउने कार्यमा सामाजिक सञ्जालले पुलको काम गर्दा विगतमा प्रेम गर्नेलाई सघाउने प्रणय दिवसप्रतिको आकर्षणमा केही कमी आएको हो । अहिले यो दिनलाई विवाहित अथवा पहिल्यै प्रेमि-प्रेमिका भैसकेकाले रोमान्स गर्ने दिनका रूपमा प्रयोग गर्न थालेका छन् ।

Previous Post

आज भ्यालेन्टाइन्स डे अर्थात प्रेम दिवस मनाइँदै

Next Post

पोखरामा तापक्रम बढ्दै, कस्तो रहला आजको मौसम ?

Next Post

पोखरामा तापक्रम बढ्दै, कस्तो रहला आजको मौसम ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन