पोखरा । बागलुङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु गएको छ । मृत्यु हुनेमा गुल्मीको इस्मा गाउँपालिका वडा नं ३ का ४७ वर्षीय कृष्ण कुमाल छन् ।
रुकुम पूर्वबाट बागलुङको बुर्तिङतर्फ आउँदै गरेको ग१क ६१८९ नंको टिपर शनिबार साँझ निसीखोला गाउँपालिका-६ लामिडाँडामा दुर्घटनामा परेको हो ।
चालक कुमालको घटनास्थलै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल शर्माले जानकारी दिए । टिपर सडकदेखि करिब दुई सय मिटर तल खसेको छ ।






