पर्वत । पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा बिहादी गाउँपालिका वडा नं १ कमेरेका ५० वर्षीय बलबहादुर माझी छन् । उनको शव पर्वत जिल्ला अस्पतालमा राखिएको छ ।
सोही दुर्घटनामा घाइते भएका चालक कुश्मा नगरपालिका वडा नं १ मालढुङ्गाका ४५ वर्षीय चन्द्र माझीको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार शनिबार दिउँसो ध१च २८२ नंको जीप बागलुङको जैमिनीबाट कुश्मातर्फ आउने क्रममा पर्वतको बिहादी गाउँपालिका-१ बाच्छामा दुर्घटना भएको हो ।
उकालो सडकमा जीपमा ‘ब्रेक’ नलागेर दुर्घटना भएको प्रहरीको अनुमान छ ।
दुर्घटनालगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले शव र घाइतेको उद्दार गरी अस्पताल ल्याएको थियो । दुर्घटनाको थप अनुसन्धान गरिरहेको पर्वत प्रहरीले जनाएको छ ।




