• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज एकै दिनमा अमृत र काल बेला, सूर्यदेवको प्रिय दिनमा राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
February 16, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आजको पञ्चाङ्ग

मिति २०८१ फागुन ४ गते आइतबार, इस्वीसंवत फेब्रुअरी १६ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फाल्गुनकृष्णपक्षको चतुर्थी तिथि रातिमा ११ः३८ बजेसम्म त्यसपछि पञ्चमी तिथि लाग्नेछ । नक्षत्रमा हस्ता रातिमा ३ः१६ मिनेटसम्म त्यसपछि चित्रा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा धृति २ घटि १ पलासम्म त्यसपछि शूल लाग्नेछ । करणमा बब रहनेछ । आनन्दादि योगमा मानस रहनेछ ।

सूर्य कुम्भ राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । आज दिनमान २८ घटि १ पला अर्थात ११ घण्टा १५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः४२ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः५५ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ९ः२० बजे र अस्ताउने समय भोलि बिहान ८ः३५ बजे रहेको छ । 

आजको राशिफल

मेष : आज समय शुभ छ । सामाजिक क्षेत्रबाट मान सम्मान मिल्ने छ । मित्रजनको साथ सहयोग मिल्नुका साथै आम्दानीका स्रोत बढ्नेछन् । लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ ।

वृष : आज समय खराब छ । स्वास्थ्यमा केही बाधा व्यवधान रहन सक्नेछ । शत्रु सबल रहन सक्छन् । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्नेछ ।

मिथुन : आज समय खराब छ । नगरेको कामको आरोप खेप्नुपर्ने सम्भावना छ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला । यात्रामा पनि सावधानी अपनाउनु पर्नेछ । पढाइ लेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । प्रेमी र प्रेमिकाका बिच तनाव बढ्नेछ ।

कर्कट : आज समय राम्रो छ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ । लगनशीलताले काम अघि बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक तथा राजनैतिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । घर जग्गा खरिद तथा बिक्रीको राम्रो योग रहेको छ ।

सिंह : आज समय खराब छ । अध्ययनमा त्यति ध्यान दिन सकिनेछैन । सहयोगको नाटक गर्नेले झुक्याउन सक्छन्, सावधान रहनुहोला । व्यर्थको सास्ति खेप्नुपर्नेछ । यात्रामा मालसामान हराउन सक्छ । अधिकार प्राप्तिका लागि खूब संघर्ष गर्नु पर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउने देखिएकोछ ।

कन्या : आज समय राम्रो रहनेछ । लगनशीलताले काम अघि बढ्नेछन् । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि सफलता हात पर्ने देखिन्छ । लामो यात्रा सुखद् र सफल हुनेछ । परिवारमा पनि सुख सन्तोष छाउनेछ ।

तुला : आज समय खराब छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ । आफ्नै जिद्धीपनाले गर्दा काम बिग्रने डर हुनेछ । अनावश्यक झुटा आरोप लाग्ने देखिन्छ, सजक रहनुहोला । टाढाको यात्रा आज शुभ छैन । परिवारमा झगडा पर्न सक्छ, मनलाई शान्त राख्न देवीको मन्दिरमा पूजा गर्नुहोला । 

वृश्चिक : आज समय राम्रो छ । लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । वाहान लाभ हुने समय आएको छ । समय शुभ रहेकाले भरपूर उपयोग गर्नुहोला । धार्मिक कार्य गर्दा राम्रो हुनेछ । 

धनु : आज समय मध्यम खालको रहनेछ । समयको ख्याल नगर्दा पुराना तथा नयाँ काम थाती रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानी नहुँदा दैनिक कष्टप्रद हुनेछ । आज माया प्रेममा टाढै रहनु बेस हुनेछ, तपाइँकी प्रेमिकाले शंकाको दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ ।

मकर : आज समय शुभ रहनेछैन । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा नतिजा अरुकै पोल्टोमा पर्नेछ । समय तालिका अनुसार चल्न नसक्दा दुःख पाईनेछ । अरुको लहैलहैमा लागेर व्यापार व्यावसायमा लगानी गर्दा लगानी डुब्ने सम्भावना देखिन्छ, ध्यान दिनुहोला ।

कुम्भ : आज समय खराब छ । लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । प्रेममा रमाउने चाहनेका लागि समय शुभ छैन । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानी गर्न सकिनेछ । घर जग्गा तथा सवारी साधनको कारोबारमा ध्यान दिनुहोला । 

मीन : आज समय राम्रो रहनेछ । छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाइनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले व्यापार व्यावसायमा लागनी गरि मनग्गे आम्दानी गर्न सकिनेछ । तपाईंको काममा दाजुभाई तथा छिमेकीबाट सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ ।

साहित (यात्रा): सूर्य कुम्भ राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । त्यसैले आज पूर्व र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः४० बजेदेखि ८ः०५ बजेसम्म उद्धेग बेला
बिहान ८ः०५ बजेदेखि ९ः२९ बजेसम्म चर बेला
बिहान ९ः२९ बजेदेखि १०ः५३ बजेसम्म लाभ बेला
बिहान १०ः५३ बजेदेखि १२ः१७ बजेसम्म अमृत बेला
दिनमा १२ः१७ बजेदेखि १ः४२ बजेसम्म काल बेला
दिनमा १ः४२ बजेदेखि ३ः०६ बजेसम्म शुभ बेला
दिनमा ३ः०६ बजेदेखि ४ः३० बजेसम्म रोग बेला
दिनमा ४ः३० बजेदेखि ५ः५५ बजेसम्म उद्धेग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः५५ बजेदेखि ७ः३० बजेसम्म चर बेला
साँझ ७ः३० बजेदेखि ९ः०६ बजेसम्म लाभ बेला
राति ९ः०६ बजेदेखि १०ः४१ बजेसम्म अमृत बेला
राति १०ः४१ बजेदेखि १२ः१७ बजेसम्म काल बेला
राति १२ः१७ बजेदेखि १ः५३ बजेसम्म शुभ बेला
राति १ः५३ बजेदेखि ३ः२८ बजेसम्म रोग बेला
रातिमा ३ः२८ बजेदेखि बिहान ५ः०४ बजेसम्म उद्धेग बेला
बिहानमा ५ः०४ बजेदेखि ६ः४० बजेसम्म चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

पर्वतमा जीप दुर्घटना हुँदा एकको मृत्यु, चालक गम्भीर

Next Post

आज कहाँ-कहाँ होला वर्षा र हिमपात ?

Next Post
फाइल तस्बिर

आज कहाँ-कहाँ होला वर्षा र हिमपात ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन