• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नदीपुरस्थित अस्थायी प्रहरी पोष्टमा अब महिला कर्मचारी

नीतिप्रेस by नीतिप्रेस
February 16, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित अस्थायी प्रहरी पोष्टमा महिला प्रहरी कर्मचारीमात्र रहने भएका छन् ।

यसअघि पुरुष प्रहरी कर्मचारी पनि रहने गरेकामा अबदेखि महिलामात्र राखिने भएको हो ।

आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले नयाँ सेवा शुभारम्भ गरे ।

कार्यक्रममा प्रजिअ पाण्डेले महिलामात्र कार्यरत रहेको युनिट बढी अनुशासित हुने बताए । कानुनको पालना गरेर समाजमा शान्ति कायम गराउन नागरिक समाजको पनि दायित्व भएको उनको भनाइ छ । उनले नागरिक पनि विना बर्दीको प्रहरी भएकाले जनताको साथ बिना प्रहरी एक्लैले शान्ति सुरक्षा दिन नसक्ने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले महिला प्रहरी मात्र राखेर सेवा सञ्चालन गर्नुको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

उनले विशेषगरी महिला तथा बालबालिकासँग सम्बन्धित काम गर्नका लागि पनि महिलालाई मात्र जिम्मेवारी दिइएको बताए ।

कास्कीमा महिला प्रहरी कर्मचारी प्रशस्तै रहेका र उनीहरुको क्षमता पनि अब्बल रहेको उनले स्पष्ट पारे ।

एसपी ओलियाका अनुसार प्रहरी सहायक निरीक्षकको नेतृत्वमा नौ जनाको टोली सो पोष्टमा रहनेछन् ।

अहिले प्रहरी सहायक निरीक्षक दीपा आलेले पोष्टको कमाण्ड गर्नेछन् ।

छिट्टै नै पोखरा औद्योगिक क्षेत्रको पोष्टमा पनि महिला प्रहरी कर्मचारी मात्रै राख्ने तयारी भइरहेको उनले जानकारी दिए ।

कास्कीमा भएको नौ सय ६१ दरबन्दीमा एक सय ३५ जना महिला रहेको उनले बताए । कास्की प्रहरीअन्तर्गत ७७ वटा युनिट छन् । कास्कीमा एक जना प्रहरीले करिब एक हजार जनालाई सुरक्षा दिनुपर्ने अवस्था रहेको एसपी ओलियोको भनाइ छ ।

अस्थायी प्रहरी पोस्ट इन्चार्ज प्रहरी सहायक निरीक्षक दीपा आलेले प्रहरी सेवामा प्रवेश गरेको २५ वर्षमा पहिलो पटक कमान्ड गर्ने जिम्मेवारी पाएको बताइन् । उनले कुशलतापूर्वक जिम्मेवारी वहन गर्ने बताइन् ।

अस्थायी प्रहरी पोस्टमा आलेसँगै प्रहरी हवल्दार सङ्गीता महतो, जवान देवी पुर्जा, मनीषा बुढा, अमृता अठारे, गङ्गा सुनार, जानुका श्रेष्ठ, मञ्जु नेपाली र ममता सिंह छन् ।

Previous Post

आज कहाँ-कहाँ होला वर्षा र हिमपात ?

Next Post

आज ह्वात्तै घट्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Next Post

आज ह्वात्तै घट्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन