पोखरा । नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै घटेको छ । आज आइतबार सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँ घटेको हो ।
मूल्य घटेसँगै आज छापावाला सुन तोलाको एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार सुनको भाउ प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँ थियो ।
आज पोखरा बजारमा सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यस्तै आज असली चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ घटेको छ । मूल्य घटेसँगै चाँदीको भाउ प्रतितोला एक हजार नौ सय ५५ रुपैयाँ कायम भएको छ ।
आज पोखरा बजारमा चाँदीको भाउ प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँ रहेको छ ।






