पोखरा । विमला चौधरीको गोलसँगै अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले सुखद् सुरुवात गरेको छ ।
काठमाडौंस्थित दशरथ रंगशालामा सोमबार राति ८ बजे सम्पन्न पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १-० गोलले पराजित गरेको हो ।
खेलको ११औं मिनेटमा विमलाले गरेको एकमात्र गोल खेलको निर्णायक गोल सावित भयो ।
मैदानको दायाँ भागबाट सविता रानामगरको उपलब्ध गराएको उत्कृष्ट क्रसमा त्यस्तै उत्कृष्ट हेडर गोल गर्दै विमलाले नेपाललाई खेलमा अग्रता दिलाएकी थिइन् ।
खेल अवधिभर कीर्गिस्तानलाई दबाबमा राखेको नेपालले त्यसपछि भने गोल थप्न सकेन । यो जितसँगै नेपालले तीन अंक हासिल गरेको छ ।
यसअघि सोमबार दिउँसो भएको खेलमा म्यानमारले लेबनानलाई ३-१ ले हराएको थियो ।






