पोखरा । नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
नजिकिँदै गरेको एसईई परीक्षालाई लक्षित गरी विद्यार्थीको ग्रेड वृद्धि गर्ने उद्देश्यका साथ एनप्याव्सन कास्कीमा आवद्ध विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई परीक्षासम्बन्धी अभिमुखीकरण दिइएको हो ।
कार्यक्रममा एनप्याव्सनमा आवद्ध विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी र विषयगत शिक्षक गरी एक हजार एक सय सहभागी थिए ।
विद्यार्थीलाई अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषयमा अभिमुखीकरण गरिएको थियो । विद्यार्थीसँगै विषयगत शिक्षकलाई पनि अभिमुखीकरणमा सहभागिता गराइएको एनप्याव्सन कास्की अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।
कार्यक्रममा भक्तराज रसाइलीले विद्यार्थीलाई उत्प्रेरण जगाउने प्रशिक्षण दिएका थिए ।
यसैगरी विषयगतमा अंग्रेजीतर्फ विक्रम सुवेदी, डिल्लीराम भट्टराई, अनिता अधिकारी, नेपालीतर्फ सञ्जीव पौडेल, शिवलाल उपाध्याय, कृतिका सुवेदी, गणिततर्फ भूमीराज अधिकारी, युवराज कण्डेल, बलराम पौडेल, विज्ञानतर्फ तीर्थराज ढकाल, सञ्जीव त्रिपाठी, सीपी लामिछाने, समाजिकतर्फ पितृराज अधिकारी, विष्णुकुमार दर्जी, विचित्र न्यौपानेले सहजीकरण गरेका थिए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन यो कार्यक्रम फलदायी हुने बताए ।
पोखरा महानरगरपालिका शिक्षा माहाशाखा प्रमुख हेमप्रसाद आचार्यले नजिकिँदै गरेको एसईईलाई लक्षित गर्दै विद्यार्थीले आफ्ना कमिमजोरीलाई सुधार गर्दै गएमा नतिजा राम्रो निकाल्न सकिने बताए ।
एनप्याव्सन कास्की अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रेमराज अधिकारीले गरेका थिए ।






