पोखरा । नेपाली बजारमा आज सुनको भाउ तोलामा सात सय रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज छापावाला सुन एक लाख ६९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सोमबार सुनको भाउ एक लाख ६८ हजार सात सय रुपैयाँ थियो । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँ बढेको थियो ।
आज पोखरा बजारमा सुन एक लाख ६९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता आज असली चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । पोखरा बजारमा चाँदीको भाउ दुई हजार रुपैयाँ कायम भएको छ ।






