• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा युनाइटेड एकेडेमीमा सांस्कृतिक भेला तथा पुरस्कार वितरण सम्पन्न [तस्बिरहरु]

नीतिप्रेस by नीतिप्रेस
February 18, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ भद्रकालीस्थित पोखरा युनाइटेड एकेडेमी सेकेण्डरी स्कुलको वार्षिक सांस्कृतिक भेला तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

दुई दिन सञ्चालन भएको कार्यक्रमको उद्घाटन पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोला तथा समापन राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रमुख गोविन्द पोखरलले गरेका थिए ।

समापन कार्यक्रममा पोखरेलले विद्यालय र शैक्षिक गुणस्तर उकास्न विद्यालय, विद्यार्थी र अभिभावकले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले विद्यालय राम्रो हुन नसके विद्यार्थीको भविष्य अन्धकारमा धकेलिने उनको जिकिर थियो । विद्यालयले उत्पादन गरेका जनशक्ति बजारमा बिक्न र टिक्न सक्ने हुनुपर्ने पोखरेलले बताए ।

प्याव्सनका केन्द्रीय सदस्य बाबुराम पन्तले पोखरा युनाइटेड एकेडेमी उत्कृष्ट शैक्षिक संस्था भएको बताए । राम्रो पढाईको वातावरण बनाउन सबैले ध्यान दिनुपर्ने पन्तको तर्क छ ।
‘त्रिभुवन विश्वविद्यालय जानुपर्ने विद्यार्थी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने गरेका छन्’, उनले भने, ‘यसलाई रोक्नुपर्छ ।’

कार्यक्रममा नेपाल स्काउट गण्डकीका आयुक्त सागर पौडेल र विद्यालयका सहायक प्राचार्य गोविन्द चापागाईंले बोलेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षकद्वय फडिन्द्र शर्मा, गीतादेवी शर्मा तथा विद्यार्थीद्वय अञ्जली रानाभाट र स्मीता भण्डारीले गरेका थिए ।सो अवसरमा विद्यार्थीले विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति, नाटक, कविता प्रस्तुत गरेका थिए ।

दोस्रो दिनको कार्यक्रममा कक्षा ७ देखि १२ सम्मका वार्षिक परीक्षा, अतिरिक्त क्रियाकलाप र विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

२०५० सालमा स्थापित विद्यालयमा हाल आठ सय ५० विद्यार्थी रहेकामा कक्षा ११ र १२ मा मात्रै दुई सय २० विद्यार्थी छन् ।

विद्यालयका कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनको पढाई हुँदै आइरहेको छ । आगामी दिनमा मोवाइल, टीभी र अन्तर्राष्ट्रिय भाषासँग सम्बन्धित कक्षा सञ्चालनको तयारी गरिएको विद्यालयले जनाएको छ ।

तस्बिरहरु

Previous Post

पोखराबाट विराटनगर जाँदै गरेको यात्रु बस तनहुँमा तोडफोड

Next Post

महाशिवरात्रीमा बालन नाँच हुने

Next Post

महाशिवरात्रीमा बालन नाँच हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन