पोखरा । पोखरा महानगरपालिका वडा नं २६ स्थित लोक सांस्कृतिक संरक्षण समितिले महाशिवरात्रीको अवसरमा कृष्ण लिलामा आधारित बालन प्रस्तुत गर्ने भएको छ ।
समिति अध्यक्ष जगन्नाथ तिमिल्सिनाले संस्कृति संरक्षणमा आफूहरु विगतदेखि नै जुटेको भन्दै बालन संरक्षणका लागि कार्यक्रम गर्न लागिएको बताए ।
बालन नाँच सांस्कृतिक प्रतिष्ठान छोरेपाटनको समन्वयमा कार्यक्रम आयोजना गरिएको उनले बताए । रामज्योति माविको प्राङ्गणमा ५५ जना कलाकारले बालन नाच प्रस्तुत गर्नेछन् ।
सहसंयोजक एवं उज्ज्वल आमा समूहकी अध्यक्ष सरस्वती गौतमले भरपुर सहयोगको अपेक्षा गरिन् ।
प्रचार संयोजक वसन्त बञ्जारा र अर्थ संयोजक रामजी बराल तथा अतिथि सत्कार संयोजक खेमप्रसाद भण्डारीले कार्यक्रम तयारीअन्तर्गत आआफ्नो कार्यका प्रगति बारे जानकारी गराएका थिए ।
कार्यक्रम सम्पन्न गर्न करिब पाँच लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । कार्यक्रममा उज्ज्वल आमा समूहकी सचिव तारा शर्मा ढकाल र लेखनाथ पत्रकार मञचका अध्यक्ष कविराज खनालले पनि बोलेका थिए ।






