पोखरा । क्षेत्री समाज नेपाल वडा इकाई समिति पोखरा-५ को अध्यक्षमा प्रेमबहादुर खत्री चयन भएका छन् ।
समाजको १६औँ साधारणसभा पाँचौं अधिवेशनले खत्रीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
समिति उपाध्यक्षमा मेखबहादुर थापा क्षेत्री, उपाध्यक्ष (महिला) लोककुमारी क्षेत्री, सचिवमा गोविन्दबहादुर खत्री क्षेत्री र कोषाध्यक्षमा जानुका थापा क्षेत्री चयन भए ।
यसैगरी सदस्यमा सु.मे. मोतीराज बरुवाल क्षेत्री, सु.मे. हिराबहादुर जिसी क्षेत्री, प्रकाश थापा क्षेत्री, पुलबहादुर क्षेत्री, क्याप्टेन हुमबहादुर क्षेत्री, पदम लामिछाने क्षेत्री, पदमबहादुर देवकोटा क्षेत्री, गणेशबहादुर थापा क्षेत्री, ज्ञानबहादुर केसी, गोविन्द केसी, नारायणबहादुर थापा क्षेत्री, अमृता खत्री छन् ।
यस्तै वडाको महिला विभाग अध्यक्षमा उषा थापा क्षेत्री, उपाध्यक्षमा प्रमीला क्षेत्री, सचिवमा मधु केसी, कोषाध्यक्षमा गंगा बस्नेत क्षेत्री छन् ।
सदस्यमा लक्ष्मी खत्री, शान्ति खत्री, गंगा खत्री, लक्ष्मी जिसी, कल्पना ढकाल क्षेत्री, विष्णु खत्री, बालकुमारी पौडेल क्षेत्री, माया थापा भएको निर्वाचन समिति सदस्य राजेन्द्र खत्रीले जानकारी दिए ।






