पोखरा । नेपाली बजारमा आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै आज छापावाला सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको भाउ प्रतितोला एक लाख ६९ हजार पाँच सय रुपैयाँ थियो ।
आज पोखरा बजारमा सुनको भाउ प्रतितोला एक लाख ७१ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता आज असली चाँदीको भाउसमेत तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदी तोलाको एक हजार नौ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदीको भाउ प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँ थियो । आज पोखरा बजारमा चाँदी दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।






