काभ्रेपलाञ्चोक । काभ्रेको तेमाल गाउँपालिका वडा नं ३ स्थित कुँडालमा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।
मृत्यु हुनेमा तेमाल गाउँपालिका वडा नं १ का ५० वर्षीय रामसिंह तामाङ छन् ।
सोही दुर्घटनामा बस चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन् ।
उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्याले काभ्रेले जनाएको छ ।
जन्ती पुर्याएर फर्किने क्रममा ना४ख ८८१७ नम्बरकाे बस दुर्घटना भएको बताइएको छ ।
दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






