• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

युवालाई पार्टीमा जोडिन रास्वपाको आह्वान

नीतिप्रेस by नीतिप्रेस
February 20, 2025
in गण्डकी प्रदेश, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गण्डकी प्रदेशको पर्यटन र संस्कृतिका लागि काम गर्न इच्छुक युवालाई पार्टीमा एकीकृत हुन आव्हान गरेको छ ।

रास्वपाका गण्डकी प्रदेशस्तरीय ‘पर्यटन तथा सांस्कृतिक विभाग’ का प्रमुख महेश भण्डारीले बुधबार एक विज्ञप्ति जारी गर्दै केन्द्र र प्रदेश स्तरीय समितिसँगै विभिन्न विभाग पनि विस्तार हुने क्रममा रहेको बताए । उनले गण्डकी प्रदेशमा रहेका ११ वटै जिल्लालाई समेट्ने गरी विभागलाई पूर्णता दिने बताए ।

’पार्टी सभापति रवि लामिछानेमाथि झुटा मुद्दा लगाएर पार्टीमाथि प्रतिशोध साँधेको छ’, जारी विज्ञप्तिमा भनिएको छ’, ‘साथसाथै प्रदेशभित्रका सबै जिल्लाका साथीसँग भेटघाट, छलफल र सल्लाह-सुझाव आदानप्रदानका लागि स्थलगत यात्रामा निस्कने तयारी छ, हामी गण्डकी प्रदेशका प्रत्येक जिल्ला सदरमुकाममा चाँडै पुग्नेछौँ ।’

प्रमुख भण्डारीले अपार पर्यटकीय र सांस्कृतिक संभावना रहेको गण्डकी प्रदेशको समग्र राजनीतिक, सामाजिक, आर्थिक र भौगोलिक विकासका लागि पर्यटन तथा संस्कृति विभागमार्फत पार्टीले धेरै काम गर्न सक्ने विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

‘युवा सोचसहितका योजनामार्फत यस क्षेत्रको पर्यटन प्रवर्द्धन र संस्कृति जगेर्ना गर्नका लागि योगदान गर्न चाहने साथीहरू हामीसँग जोडिन सक्नुहुनेछ’, विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि साथीले हामीलाई फोन गर्न, इमेल गर्न सङ्कोच नमान्नुहोला । जिल्लास्तरीय यात्राको क्रममा सबै जिल्लाका साथीहरूमा खुला संवाद र भेटघाटको अपेक्षा गर्दछौँ ।’

प्रेस नोट:

प्रिय साथीहरू

सादर नमस्कार !

यहाँहरूलाई थाहा छ, राज्यले रास्वपा सभापति रवि लामिछानेमाथि झुटा मुद्दाहरू लगाएर पार्टीमाथि प्रतिशोध साँध्यो। यसको प्रतिरोधमा सिङ्गो पार्टी आन्दोलनमा उत्र्यो। साथै, पार्टी यतिखेर देशव्यापी संगठन विस्तारको अभियानमा छ। केन्द्र र प्रदेशस्तरीय समितिसँगै विभिन्न विभागहरू पनि बिस्तार हुने क्रममा छ।

गण्डकी प्रदेशमा रहेका एघार वटै जिल्लालाई समेट्ने गरी ‘पर्यटन तथा संस्कृति विभाग’ लाई पूर्णता दिने मेरो जिम्मेवारी अनुरूप प्रदेशभित्रका सबै जिल्लाका साथीहरूसँग भेटघाट, छलफल र सल्लाह-सुझाव आदानप्रदानको लागि स्थलगत यात्रामा निस्कने म र मेरो समूहको तयारी छ। हामी गण्डकी प्रदेशका प्रत्येक जिल्ला सदरमुकाममा चाँडै पुग्नेछौँ ।

विभागमा रहेर यस क्षेत्रको समस्त पर्यटन र संस्कृतिको लागि काम गर्न इच्छुक पार्टी भित्रका युवा साथीहरू हामीसँग जोडिन आव्हान गर्दछु। अपार पर्यटकीय र सांस्कृतिक संभावना रहेको यो प्रदेशको समग्र राजनीतिक, सामाजिक, आर्थिक र भौगोलिक विकासका लागि पर्यटन तथा संस्कृति विभागमार्फत हामीले धेरै कामहरू गर्न सक्छौँ। युवा सोचसहितका योजनाहरू मार्फत यस क्षेत्रको पर्यटन प्रवर्द्धन र संस्कृति जगेर्ना गर्नका लागि योगदान गर्न चाहने साथीहरू हामीसँग जोडिन सक्नुहुनेछ।

कुनै पनि साथीले हामीलाई फोन गर्न, इमेल गर्न सङ्कोच नमान्नुहोला। जिल्लास्तरीय यात्राको क्रममा सबै जिल्लाका साथीहरूमा खुल्ला संवाद र भेटघाटको अपेक्षा गर्दछौँ।

साथै, प्रजातन्त्र दिवसको अवसरमा यहाँहरू सबैलाई हार्दिक शुभकामना छ! हाम्रो मौलिकता र संस्कृति जत्तिकै महत्वपूर्ण छन् हाम्रो स्वतन्त्रता, समानता र सामाजिक न्यायका विषय। जय होस्!

स-धन्यवाद

तपाईंको महेश भण्डारी

प्रमुख : पर्यटन तथा संस्कृति विभाग

गण्डकी प्रदेश, राष्ट्रिय स्वतन्त्रत पार्टी

Previous Post

पोखरा-१४ मा वडाध्यक्ष कप भलिबल प्रतियोगिता हुने

Next Post

कास्कीको घान्द्रुकमा पर्यटन महोत्सव शुरु

Next Post

कास्कीको घान्द्रुकमा पर्यटन महोत्सव शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन