• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कास्कीको घान्द्रुकमा पर्यटन महोत्सव शुरु

नीतिप्रेस by नीतिप्रेस
February 20, 2025
in अर्थ/वाणिज्य, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १० र ११ घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुकको आयोजनामा बुधबारदेखि महोत्सव सुरु भएको हो ।

फागुन १० गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले अन्नपूर्ण गाउँपालिकाको समृद्धको आधार कृषि, पर्यटन, उर्जा र पूर्वाधार भएको बताए ।

अध्यक्ष केसीले भने, ‘हामीले घोषणा गरेका छौँ अन्नपूर्ण गाउँपालिकाको समृद्धको आधार कृषि, पर्यटन, उर्जा र पूर्वाधार हो, यी चार वटा आधारमध्ये महत्वपूर्ण पर्यटन हो, पर्यटनबाट गाउँपालिकाले समृद्ध हासिल गर्न सक्दछ, त्यसैले हामीले धेरै भन्दा धेरै पर्यटक भित्र्याउन आवश्यक छ ।’

अध्यक्ष केसीले घान्द्रुक आउने सडक सहज बन्दै गएकाले पर्यटकलाई आकर्षण गर्नका निम्ति घान्द्रुकको मौलिकता जोगाउन आवश्यक रहेको बताए ।

‘हिजो हाम्रो अर्ग्यानिक गाउँ सबैले हेर्न आउने गाउँ आज कहीँकहीँ बिग्रे जस्तो देखिन्छ, मेरो आग्रह छ संरचना जसरी बनाए पनि त्यसलाई फेरी मौलिकतामा ढालौं, हिजो हाम्रा जे परम्परा थिए, जे हेर्न आउथे त्यसलाई फेरी रुपान्तरण गरौं, भएकालाई राम्रो गरौं, घान्द्रुक अरु गाउँभन्दा भिन्न गाउँ हो’, उनले भने ।

उनले थपे, ‘अब घान्द्रुक आउने सडक बन्दै छ, कलाभिरको अप्ठ्यारो बाटो बन्दै छ, पर्यटक घान्द्रुक आउन कुनै समस्या छैन्, आएका पर्यटकलाई बस्ने, घुम्ने वातावरण बनाउने हो सोच्न पर्ने छ, हिजोको घान्द्रुक भन्दा आजको घान्द्रुक भिन्न छ गुनासो छ, त्यसैले घान्द्रुकको मौलिकता जोगाउने गरी संरचना बनाउन आवश्यक ।’

उनले घान्द्रुक पर्यटन क्षेत्र भएकाले यसको विकास गर्ने गाउँपालिकाको कर्तव्य भएको समेत बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखराका प्रमुख डा. रविन कडरियाले घान्द्रुकबाट एबीसी, पुनहिल घोडेपानीलगायतका पदमार्गसँग जोडिएकाले घान्द्रुक पर्यटकको हवको रुपमा अगाडि बढेको बताए ।

कडरियाले भने, ‘घान्द्रुकबाट अन्नपूर्ण बेस क्यापसम्मको, घोडेपानी जाने, मुल्डे जाने र मुल्डेबाट छोम्रोङ जाने नयाँ पर्यटन पदमार्गसँग जोडिएको त्यस्तै गरी मर्दी हिमाल जाने बाटाहरु भएका हिसाबले घान्द्रुक पर्यटनको हबको रुपमा अगाडि बढिरहेको देख्छु’, कडरियाले भने ।

उनले भने, ‘घान्द्रुक आउने पर्यटक संस्कृति र प्रकृतिसँग रमाउने भएकाले घान्द्रुकबासीले आफ्नो संस्कृति जोगिने गरी संरचना बनाउन आवश्यक छ ।’

कार्यक्रममा घान्द्रुक कल्चर रिसोर्टका सञ्चालक कुलप्रसाद गुरुङलाई सम्मान गरिएको थियो ।

घान्द्रुक पर्यटन महोत्सवका संयोजक अमृत लामा गुरुङका अनुसार खुला क्लबस्तरीय पुरुष भलिबल र बास्केटबल प्रतियोगिता बिहीबारबाट सुरु हुने बताए ।

उनका अनुसार भलिबल र खुला बास्केटबल प्रतियोगिता विजेताले एक लाख २२ हजार दुई सय २२ र उपविजेताले ७७ हजार सात सय ७७ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको दुवै विधामा सेमिफाइनलबाट बाहिरिने समूहले १०/१० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी भेन्ट्रान्स भलिबल प्रतियोगिता विजेताले ३० हजार, उपविजेताले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवको प्रत्येक साँझ सास्कृतिक कार्यक्रमसमेत हुने बताइन्छ ।

घान्द्रुक पर्यटन व्यवस्थापन समिति अध्यक्ष विक्रम गुरुङका अनुसार घान्द्रकमा एकैदिन दुई हजार पाँच सय पर्यटकलाई राख्न सकिनेछ । उनका अनुसार घान्द्रुकमा ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा छन् ।

महोत्सव अवधिभर घान्द्रुक आउने पर्यटकलाई २० प्रतिशत छुट र खेलाडीलाई आठ सय रुपैयाँको प्याकेज उपलब्ध गराइने अध्यक्ष गुरुङले जानकारी दिए ।

Previous Post

युवालाई पार्टीमा जोडिन रास्वपाको आह्वान

Next Post

भिरबाट लडेर प्रहरी हवल्दारको निधन

Next Post

भिरबाट लडेर प्रहरी हवल्दारको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन