पोखरा । बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको ज्यान गएको छ ।
बुधबार साँझ घरबाट कार्यालयतर्फ जाने क्रममा फर्किने भिरबाट लडेर उनी गम्भीर घाइते भएका थिए ।
उनलाई तत्कालै उद्दार गरी गोकुलेश्वर अस्पताल पुर्याइएको थियो । उनलाई अस्पताल पुर्याउने वित्तिकै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए ।
उनको शव अस्पतालमै राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






