• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कास्कीमा पार्टी निर्माण अभियान सञ्चालन गर्दै एमाले

नीतिप्रेस by नीतिप्रेस
February 20, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । संगठन विस्तारको उद्देश्यसहित नेकपा (एमाले) ले थालेको वडा केन्द्रित पार्टी निर्माण अभियान कास्कीमा शुक्रबारदेखि शुरू हुँदैछ ।

टोलसम्म पार्टी कमिटी विस्तार गर्ने, सदस्यता नवीकरण तथा वितरण गरेर संगठन विस्तार गर्ने पार्टी केन्द्रीय कमिटीको उद्देश्यअनुसार कास्कीमा शुक्रबारदेखि तीन महिना लामो अभियान शुरू गर्न लागिएको हो ।

अभियानको शुरूआत जिल्लाका एमाले नेता-कार्यकर्तालाई अभिमुखीकरण गराएर हुने नेकपा (एमाले)कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

पोखरा सभागृहमा शुक्रबार बिहान ठिक ११ः१५ बजे यो कार्यक्रम शुरू हुनेछ । कार्यक्रममा सहभागी हुन पार्टी महासचिव शंकर पोखरेल पोखरा आउँदै छन् ।

कार्यक्रममा उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य एवं गण्डकी इन्चार्ज किरण गुरूङ, स्थायी कमिटी सदस्य खगराज अधिकारीले संवोधन गर्नेछन् ।

अभिमुखीकरणमा पार्टीको कास्की जिल्लाभित्रको सबै कमिटी र जनवर्गीय संगठनका पदाधिकारी र सदस्य, पार्टीका संगठित सदस्य सहभागी हुने नेकपा (एमाले)कास्की सचिव दर्शन लामाले जानकारी दिए ।

तीन महिनाको अवधिमा टोलमै पुगेर जनतासँग भेट्ने, सुझाव संकलन गर्ने, सदस्यता नवीकरण र वितरण गर्ने, वडा तहमा जनसंगठन विस्तार गर्नेलगायत गतिविधि गरिने उनले बताए ।

‘सरकारले काम नै नगरेको भनेर भ्रम छर्ने काम भएको छ, हामी अरू कसैलाई नराम्रो भन्दैनौं, गाली गर्दैनौं, वर्तमान सरकारले गरेका कामको प्रचार गर्छौं,’ सचिव लामाले भने, ‘हाम्रो पार्टीका जनप्रतिनिधिले नेतृत्व गर्नुभएको वडाले गरेका काम पनि पार्टीले अपनत्व लिएर प्रचार गर्छ ।’

सबै कमिटीमा युवाको सहभागिता एक तिहाइ बनाउने, सम्बन्धित वडाको कुल मतदाताको छ प्रतिशत पार्टी सदस्य बनाउने लक्ष्य अभियानको रहेको उनले बताए ।

अभियानको क्रममा जनताका सुझाव संकलन गर्दा प्राप्त हुने समस्याको वडागत समीक्षा गर्ने र जिल्लाले समाधानको रणनीति बनाउने सचिव लामाले बताए ।

Previous Post

पोखराका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज

Next Post

जुत्ता व्यवसायी संघ कास्कीको रक्तदानमा ४३ युनिट रगत संकलन

Next Post

जुत्ता व्यवसायी संघ कास्कीको रक्तदानमा ४३ युनिट रगत संकलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन